― Advertisement ―

‘धम्कीहरू विकसित हुँदा, मिथुनले हाम्रो प्रतिरक्षालाई एक कदम अगाडि राख्छ’: गुगलले दावी गर्छ कि यसको AI ले यसलाई 2025 मा 8.3 बिलियन भन्दा बढी...

Google ले %lied 9 को %lied block मा मिथुन भन्छ 2025AI उपकरणहरूले ८.३ बिलियन विज्ञापनहरू हटाए, 24.9 मिलियन खाताहरू निलम्बित गरे, लाखौं घोटालाहरूसँग बाँधिएकाहरू...
Homeट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच दक्षिण कोरियामा भेटवार्ता हुने

ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच दक्षिण कोरियामा भेटवार्ता हुने



७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ३० अक्टोबरमा भेटवार्ता हुने ह्वाइट हाउसले पुष्टि गरेको हो ।

दक्षिण कोरियामा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म  एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलन हुँदैछ । यो सम्मेलनमा राष्ट्रपति ट्रम्प सहभागी हुनेछन् । त्यसै क्रममा सम्मेलन सुरु हुनु एक दिनअघि चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन्।

दुवै नेताबीचको यो भेटको सम्भावना पहिले नै देखिएको भए पनि अमेरिका-चीनबीच बढ्दो तनावका कारण यसबारे अनिश्चितता थियो। ट्रम्पले दोहोर्‍याएर राष्ट्रपति पद सम्हालेपछि दुवै नेताको पहिलो भेटवार्ता हुनेछ ।

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, दुवै नेताबीचको वार्तामा व्यापार, ऊर्जा सहकार्य र युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

-बीबीसीबाट

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More