― Advertisement ―

‘धम्कीहरू विकसित हुँदा, मिथुनले हाम्रो प्रतिरक्षालाई एक कदम अगाडि राख्छ’: गुगलले दावी गर्छ कि यसको AI ले यसलाई 2025 मा 8.3 बिलियन भन्दा बढी...

Google ले %lied 9 को %lied block मा मिथुन भन्छ 2025AI उपकरणहरूले ८.३ बिलियन विज्ञापनहरू हटाए, 24.9 मिलियन खाताहरू निलम्बित गरे, लाखौं घोटालाहरूसँग बाँधिएकाहरू...
Homeभारतविरुद्धको टी-२०आई शृङ्खलाका लागि म्याक्सवेल अस्ट्रेलियन टोलीमा फर्किए

भारतविरुद्धको टी-२०आई शृङ्खलाका लागि म्याक्सवेल अस्ट्रेलियन टोलीमा फर्किए



७ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल भारतविरुद्धको आगामी टी–२०आई सिरिजमा खेल्ने भएका छन्।

म्याक्सवेलले ३ साताअघि दाँया हातको नाडी भाँचिएपछि शल्यक्रिया गरेका थिए। उक्त चोटबाट पुनरागमन गर्दै म्याक्सवेलले भारतसँगको ५ खेल मध्ये अन्तिम ३ खेलका लागि टोलीमा फर्किएका हुन् ।

उनलाई यो चोट न्यूजिल्यान्डविरुद्धको टी–२० सिरिजअघि नेट अभ्यासमा बलिङ गर्ने क्रममा मिचेल ओवेनको शटले हिर्काउँदा लागेको थियो।

चोटपछि उनी तुरुन्त घर फर्किएर उपचार प्रक्रिया छिटो पार्न शल्यक्रिया गर्ने निर्णय लिएका थिए । त्यही कारण म्याक्सवेललाई अस्ट्रेलियाले अक्टोबर २९ र ३१ मा हुने पहिलो दुई खेलका लागि टोलीमा समावेश गरेको थिएन ।

चार हप्ताभित्र खेलमा फर्किन सक्ने विश्वास राखेका उनले अन्तत: खेल्ने भएका हुन् ।

उनले नोभेम्बर २ (होबार्ट), नोभेम्बर ६ (गोल्ड कोस्ट) र नोभेम्बर ८ (ब्रिसबेन) मा हुने अन्तिम तीन खेल खेल्ने छन्।

म्याक्सवेलले यसअघि पनि अनौठा चोटहरू व्यहोरेका छन्- एकपटक जन्मदिन पार्टीमा खुट्टा भाँचिएको र अर्कोपटक गोल्फ कार्टबाट लडेपछि टाउकोमा चोट लागेको थियो।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More