― Advertisement ―

रोयल नेवी स्पेशल फोर्स ड्रोनहरूले चुपचाप गोप्य हृदयघात संकेतहरू सीधा बेइजिङमा धेरै महिनाहरू पठाउँदै समातेका थिए।

चीनका नौसेनाका लागि धेरै गोप्य हस्ताक्षरहरू पठाइयो महिनाहरूक्रेकेनले आफ्नै ड्रोन प्लेटफर्ममा विश्वास गुमाएको स्वीकार गर्दछचिनियाँ निर्मित क्यामेराका भागहरू उचित उत्पत्ति जाँच बिना फिट गरिएको...
Homeराष्ट्रिय समाचारट्यांकरबाट सिधै पेट्रोलियम पदार्थ झिकेर बिक्री गरेको आरोपमा ४ जना पक्राउ

ट्यांकरबाट सिधै पेट्रोलियम पदार्थ झिकेर बिक्री गरेको आरोपमा ४ जना पक्राउ



१६ कात्तिक, काठमाडौं । ट्यांकरबाट झिकेर अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा ट्यांकर चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमबाट पेट्रोलिमय पदार्थ लोड गरी थानकोट डिपोमा आउँदै गरेको ना४ख ९३७७ नम्बरको ट्यांकर चालकसहित ४ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो साढे ४ बजे उक्त ट्यांकरले मकवानपुरको मनहरी गाउँपालिका-८ मा रहेको जय शिव शरणम् फ्युल सेन्टर प्रालिमा अवैध रूपमा पट्रोल झिकिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ट्यांकर चालकसहित पेट्रोल पम्पमा काम गर्ने ३ गरी ४ जनालाई नियन्त्रणमा  लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More