― Advertisement ―

रोयल नेवी स्पेशल फोर्स ड्रोनहरूले चुपचाप गोप्य हृदयघात संकेतहरू सीधा बेइजिङमा धेरै महिनाहरू पठाउँदै समातेका थिए।

चीनका नौसेनाका लागि धेरै गोप्य हस्ताक्षरहरू पठाइयो महिनाहरूक्रेकेनले आफ्नै ड्रोन प्लेटफर्ममा विश्वास गुमाएको स्वीकार गर्दछचिनियाँ निर्मित क्यामेराका भागहरू उचित उत्पत्ति जाँच बिना फिट गरिएको...
HomeLatest newsस्थापना दिवसमा आरोहीलाई पर्वतारोहण संघको सम्मान – KhabarHost

स्थापना दिवसमा आरोहीलाई पर्वतारोहण संघको सम्मान – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल पर्वतारोहण संघले आफ्नो ५२औं वार्षिकोत्सवमा आरोही र पत्रकारलाई सम्मान गरेको छ।
  • नेपाल प्रहरीकी सई कुन्जाङछोपाल शेर्पा ‘पासाङल्हामु शेर्पा साहसी महिला पर्वतारोही पुरस्कार’बाट सम्मानित भइन्।
  • मिङ्मातेन्जी शेर्पालाई ‘कुमार खड्गविक्रम शाह एडभेन्चर अवार्ड’ र सिद्धिबहादुर तामाङलाई ‘डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कार’ प्रदान गरिएको छ।

१६ कात्तिक, काठमाडौं । नेपाल पर्वतारोहण संघले आफ्नो ५२औं वार्षिकोत्सवका अवसरमा आरोहीलाई सम्मान गरेको छ ।

सोही अवसरमा नेपाल प्रहरीकी सई कुन्जाङछोपाल शेर्पा सम्मानित भइन् । ‘पासाङल्हामु शेर्पा साहसी महिला पर्वतारोही पुरस्कार’ बाट उनी सम्मानित भइन् ।

उनले सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकारीको कीर्तिमान बनाएकी थिइन् । पुरस्कार विजेतालाई सुनजडित पदक प्रदान गरिएको छ ।

कार्यक्रममा तीन पर्वतारोही र दुई पत्रकारलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै ४ वटा ८ हजार मिटरभन्दा माथिका शिखर डाउन फेदरविना आरोहण गरेर इतिहास रच्ने मिङ्मातेन्जी शेर्पालाई ‘कुमार खड्गविक्रम शाह एडभेन्चर अवार्ड’ प्रदान गरियो ।

विश्वको दोस्रो अग्लो शिखर केटुमा कीर्तिमान बनाएका सिद्धिबहादुर तामाङले ‘डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कार’ पाए । संघले हरेक वर्ष वार्षिकोत्सवमा कीर्तिमानी आरोही, हिमाल पर्यटनसँग सरोकारवालालाई सम्मान गर्दै आएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More