― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
HomeLatest newsटी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ


नेपाली क्रिकेट टोलीले विश्वकपको‌ समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । त्यसअघि श्रीलंका गएर श्रीलंका ‘ए’ अनि भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि अभ्यास खेल्ने छ ।


३ माघ, काठमाडौं । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो ।

नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो । नेपाली टोली आइतबार प्रस्थान गर्ने छ ।

बिदाइ कार्यक्रममा‌ बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई‌ विश्वकपका लागि शुभकामना दिए । ‘यो समग्र विश्वले पनि हेर्ने कुरा हो, हामी राम्रो गरिरहेका छौं । विश्वकपका लागि खेलाडीदेखि व्यवस्थापन टिम सबैलाई शुभकामना छ’, खड्काले भने, ‘भारतमा गएर समर्थकहरूले पनि साथ दिनुहुन्छ भन्ने आशा छ ।’

कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताए । ‘तयारी राम्रो भइरहेको छ । अभ्यासले पनि राम्रो बिल्डअप भएको जस्तो लाग्छ’, रोहितले भने, ‘सन् २०२५ एकदम राम्रो भएको थियो । आशा छ यो वर्ष पनि राम्रो हुने छ । हामी समग्र नेपालीलाई प्राउड फिल गराउने छौं ।’

प्रशिक्षक स्टुअर्ट लले‌ पनि विश्वकपमा राम्रो गर्ने विश्वास व्यक्त गरे । ‘हामी योजनालाई अन्तिम रूप दिनेछौं अभ्यासमार्फत । विश्वकपमा राम्रो प्रदर्शन गरेर सारा‌ नेपालीलाई खुसी दिनेछौं’, प्रशिक्षक लले भने ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएको र राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘तयारी धेरै राम्रो देखिएको छ, कुनै प्रश्न छैन । भारतसँग कन्डिशन पनि मिल्छ । राम्रो प्रदर्शन गर्नुहोला, शुभकामना छ’, चन्दले भने।

नेपाली क्रिकेट टोलीले विश्वकपको‌ समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । त्यसअघि श्रीलंका गएर श्रीलंका ‘ए’ अनि भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि अभ्यास खेल्ने छ ।

विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा भइसकेको छ ।





Read More