― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
HomeLatest newsगगनलाई बधाई दिंदै सुजाताले भनिन्– पार्टी फुटेको होइन नयाँ सभापति आउनुभएको हो

गगनलाई बधाई दिंदै सुजाताले भनिन्– पार्टी फुटेको होइन नयाँ सभापति आउनुभएको हो



३ माघ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिंदै पार्टी फुटेको नभई परिवर्तन आएको बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो वक्तव्य जारी गर्दै उनले भनेकी छन्, ‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हाँसेर खुसी भएर अँगालो मार्नुपर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु ।´

उनले बधाईका साथै थापालाई बीपीकाे विचार र गिरिजाको संगठन नबिर्सेर पार्टी हाँक्न सुझाव दिएकी छिन् ।

नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन् । उनले कसैलाई पनि नआत्तिन र नडराउन सुझाव समेत दिएकी छिन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More