― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsटिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते – KhabarHost

टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते – KhabarHost


राष्ट्रिय

समाचार.

  • मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरले स्कुटरलाई ठक्कर दिँदा १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको छ।
  • ठक्करबाट स्कुटर चालक ३५ वर्षीय केशर कार्की घाइते भएका छन् र उनको अवस्था मध्ययम रहेको छ।
  • ट्राफिक प्रहरीले टिपर चालक २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएको छ।

१० पुस, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।

बिहीबार साँझ विराटचोक-घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिका–५ ककडमाडीमा प्रदेश १–०२–००१ ख ९७७० नम्बरको टिपरले प्रदेश १–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटरमा सवार ग्रामथान–५ का १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको हो । स्कुटर चालक ग्रामथान–५ बस्ने ३५ वर्षीय केशर कार्की घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले साँझ करिब ६ बजे बालकलाई मृत घोषित गरेका थिए । केशरको अवस्था मध्ययम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै टिपर र चालक सुन्दरहरैँचा नगरपालिका–४ का २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपाने जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More