― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsटिकटकमा हिटपछि ‘मायाको गाउँ’ को गीत युट्युबमा – KhabarHost

टिकटकमा हिटपछि ‘मायाको गाउँ’ को गीत युट्युबमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त…’ युट्युबमा सोमबार रिलिज भएको छ।
  • गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर र अर्जुन पोखरेलको संगीत छ।
  • फिल्मको प्रदर्शन २०८३ सालमा गर्ने जनाइएको छ र यसमा प्रेम सम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ।

काठमाडौं । फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त…’ युट्युबमा रिलिज भएको छ । अर्जुन पोखरेलको संगीतमा सिर्जित गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर छ ।

अनिल खनालको शब्द रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतका कलाकारको अभिनय छ ।

पछिल्लो समय टिकटकमा छाइरहेको गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो । राजु गिरीले नृत्य निर्देशन गरेको गीतमा प्रेम सम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ ।

प्रेमको कथावस्तु समेटिएको फिल्ममा शीतल केसी, भट्टराई, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधव खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रितिका मगर, कृष्ण गदालको पनि अभिनय छ ।

कमला पराजुली निर्माता रहेको फिल्मको निर्देशन कमला फिल्मस् टिमको छ । रामेश्वर हुमागाइँले खिचेको फिल्मको सम्पादन श्याम रानाले गरेका हुन् ।

विनोद बमको पब्लिसिटी डिजाइन, पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले कलर ग्रेडिङ्ग गरेको फिल्मको मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार छन् । प्रदर्शन २०८३ सालमा गर्ने जनाइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More