― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsटी–२० विश्वकपमा पाकिस्तानको सहभागिताबारे अन्तिम निर्णय अर्को सातासम्म

टी–२० विश्वकपमा पाकिस्तानको सहभागिताबारे अन्तिम निर्णय अर्को सातासम्म


राष्ट्रिय

समाचार.

  • पाकिस्तान क्रिकेट बोर्डले टी–२० विश्वकप २०२६ मा सहभागी हुनेबारे सोमबारसम्म अन्तिम निर्णय गर्ने भएको छ।
  • पीसीबी अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफसँग छलफल गरी सरकारकै निर्देशनअनुसार निर्णय लिने सहमति भएको बताए।
  • पीसीबीले भारतविरुद्धको खेल नखेल्ने विकल्पमा विचार गरिरहेको र आईसीसीमाथि ‘डबल स्ट्यान्डर्ड’ अपनाएको आरोप लगाएको छ।

१२ माघ, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टी–२० विश्वकप २०२६ मा सहभागी हुनेबारे अन्तिम निर्णय आउँदो सोमबारसम्म गर्ने भएको छ ।

पीसीबी अध्यक्ष मोहसिन नक्वीले सोमबार प्रधानमन्त्री शहबाज शरीफ सँग भेट गरी विषयमा छलफल गरेका थिए । छलफलपछि सरकारकै निर्देशनअनुसार अन्तिम निर्णय लिने सहमति भएको उनले बताएका छन् ।

हाल पीसीबीले पूर्ण बहिष्कार मात्र नभएर भारतविरुद्धको खेल मात्र नखेल्ने विकल्पमा पनि विचार गरिरहेको बुझिएको छ । तर यसबारे आधिकारिक रूपमा पीसीबीले केही बोलेको छैन ।

पाकिस्तानको पहिलो खेल फेब्रुअरी ७ मा नेदरल्यान्ड्सविरुद्ध हुने भएकाले निर्णय ढिलो गरेको अवस्थामा तालिका व्यवस्थापनमा समस्या हुन सक्ने देखिन्छ ।

आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाएर स्कटल्यान्डलाई सहभागी गराएपछि पाकिस्तानले यो बंगलादेशमाथि अन्याय भएको टिप्पणी गरेको थियो ।

भारत जान अस्वीकार गरेकै कारण बंगलादेशलाई हटाइएकोमा नक्वीले आईसीसीमाथि ‘डबल स्ट्यान्डर्ड’ अपनाएको आरोप लगाउँदै असन्तुष्टि जनाएका थिए ।

-क्रिकइन्फोबाट





Read More