― Advertisement ―

यो डेल ल्यापटप सम्झौता तपाईले $ 500 अन्तर्गत किन्न सक्ने सबैभन्दा छिटो हो

अमेजन दिनको लागि मात्र पर्खनुहोस् तर यो प्राइम दिनको लागि पर्खनुहोस्। ल्यापटप। अहिलेको सबैभन्दा राम्रो मूल्य छनौटहरू मध्ये एक हो Dell 16 ल्यापटप $...
HomeLatest newsटिकट वितरणमा योगेशको आपत्ति, पार्टीमा दर्ता गरे नोट अफ डिसेन्ट

टिकट वितरणमा योगेशको आपत्ति, पार्टीमा दर्ता गरे नोट अफ डिसेन्ट



४ माघ, काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा असहमति जनाएका उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका छन् ।

हिजो (शनिबार) बसेको सचिवालय बैठकले देशका १४० क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको थियो । जसमा असहमति जनाउँदै उपमहासचिव भट्टराईले नोट अफ डिसेन्ट लेख्ने बताएका थिए ।

सोही अनुसार, उनले आइतबार पार्टी कार्यालयमा पुगेर नोट अफ डिसेन्ट दर्ता गराएको एमाले कार्यालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, उनले विभिन्न ४ वटा बुँदामा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेका हुन् ।

टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको लगायतका विषय राखेर नोट अफ डिसेन्ट लेखेका छन् ।

बाह्य चुनौतीलाई पनि ध्यान नदिइएको तर्क भट्टराईको छ ।

भट्टराईले चुनाव लड्दै आएको ताप्लेजुङमा पनि एमालेले उम्मेदवार टुंगो लगाएको छैन ।

ताप्लेजुङबारे पार्टीको निर्णय सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत् समर्थकहरुलाई विचलित नहुन अपिल गरेका थिए ।

‘निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेद्वारहरुलाई बिजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु,’ भट्टराईले लेखेका थिए, ‘हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’





Read More