― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsझापा-५ मा नेकपाबाट तामाङ र बस्नेतसहित ५ जना सिफारिस – KhabarHost

झापा-५ मा नेकपाबाट तामाङ र बस्नेतसहित ५ जना सिफारिस – KhabarHost



९ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीबाट झापा क्षेत्र नं ५ का लागि आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा पाँचजनाको नाम सिफारिस भएको छ ।

सिफारिस हुनेमा रन्जित तामाङ, सुरेन्द्र बस्नेत, ठालुप्रसाद गौतम, दिपेनवाला राई र हरिमाया मैनाली छन् ।

झापा–५ यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको क्षेत्र हो । यो क्षेत्रमा यसपटक हुने निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

तामाङ र बस्नेत पार्टीका केन्द्रीय सदस्य हुन् ।

तामाङ तत्कालीन माओवादी केन्द्र निकट अनेरास्ववियू ( क्रान्तिकारी) का पूर्वअध्यक्ष पनि हुन् भने उनी तत्कालीन माओवादी केन्द्रको जिल्ला इन्चार्जको भूमिकामा थिए ।

बस्नेत सोही क्षेत्रमा पर्ने दमक नगरपालिका निवासी हुन् । उनी राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष समेत हुन् । बस्नेतको यही पुस २१ गते चार वर्षे कार्यकाल सकिँदैछ ।

अनेरास्ववियू (क्रान्तिकारी) को वरिष्ठ उपाध्यक्ष,पार्टी उपत्यका विशेष प्रदेशको सचिवको जिम्मेवारी पनि बस्नेतले निभाएका थिए ।

सिफारिस भएका गौतम प्रेस सेन्टरका नेता हुन् । राई विद्रोही जनता समाजवादी पार्टीबाट हालै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

त्यस्तै मैनाली पूर्व एकीकृत एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएकी हुन् ।

यसैगरी झापा–५ बाट समानुपातिकतर्फ राधिका ओझा, भुमिका कोइराला र सुमित्रा वाङ्देल सिफारिस भएका छन् ।

जिल्लामा क्रियाशील केन्द्रीय सदस्यहरूको बैठकले स्थानीय कमिटीको सिफारिसको आधारमा केन्द्रमा सिफारिस गरेको कार्यदल सदस्य झलकसिंह दर्लामीले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More