― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsखाद्यले किन्यो सवा लाख क्विन्टल धान, कोटाभन्दा बढी थप्न छैन बजेट

खाद्यले किन्यो सवा लाख क्विन्टल धान, कोटाभन्दा बढी थप्न छैन बजेट


राष्ट्रिय

समाचार.

  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग बुधबारसम्म १ लाख २० हजार क्विन्टल धान खरिद गरेको छ।
  • कम्पनीले यस वर्ष १ लाख ८० हजार क्विन्टल धान खरिद लक्ष्य राखेको छ र ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
  • सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४६३ र मध्यम धानको ३६२८ तोकेको छ।

९ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग बुधबारसम्म १ लाख २० हजार क्विन्टल धान खरिद गरेको छ ।

यो खरिदमा ३८ देखि ३९ करोड रुपैयाँ बराबर लगानी भएको कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिए ।

खाद्यले ११ कात्तिकदेखि किसानसँग धान खरिद कार्य सुरु गरेको थियो । कम्पनीले यस वर्ष १ लाख ८० हजार क्विन्टल धान खरिद लक्ष्य राखेको छ । यसका लागि ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

खरिद विभाग प्रमुख पोखरेलका अनुसार महेन्द्रनगर, धनगढी, राजापुर र तुलसीपुरमा धान खरिद कार्य सम्पन्न भइसकेको छ । नेपालगञ्जमा पनि खरिद लगभग अन्तिम चरणमा पुगेको छ ।

‘हाल भैरहवा, वीरगञ्ज, जनकपुर, विराटनगर र बिर्तामोडमा भने धान खरिद कार्य जारी छ,’ उनले भने, ‘यद्यपि, पोखरा र जुम्लामा भने हालसम्म खरिद प्रक्रिया सुरु हुन सकेको छैन ।’

बजारमा धान उपलब्ध भए पनि बजेट अभावका कारण लक्ष्यभन्दा बढी खरिद गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

कम्पनीले हालसम्म खरिद गरेको सबै धान किसानसँग सिधै खरिद गरिएको र उनीहरूले भुक्तानी पनि पाइरहेको पौडेलले बताए ।

किसानले आफ्नो उत्पादन उचित मूल्यमा बेच्न नपाएको वा कम मूल्यमा बेच्नुपरेको गुनासो सम्बोधन गर्न कम्पनीले महत्त्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ ।

तथापि, सबैलाई सम्बोधन गर्न आर्थिक पक्ष र बजेट व्यवस्थापन आवश्यक रहेको उनले बताए । ‘हामी १ लाख ८० हजार क्विन्टलसम्म त पक्कै पग्छौं नै,’ उनले भने, ‘त्योभन्दा माथि त फेरि हाम्रो क्षमताको कुरा पनि भएन ।’

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ तोकेको छ ।

गत वर्ष कम्पनीले १ लाख २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । गत आव निजी क्षेत्रले धेरै धान खरिद गरेका कारण कम्पनीलाई सबै धान खरिद गर्नुपर्ने दबाब आएन ।

तर, यो वर्ष किसानले निजी क्षेत्रबाट धान खरिद मूल्य कम पाउँदा खाद्यले नै धान किनिदिनुपर्ने माग राख्दै आएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More