― Advertisement ―

मार्वल प्रतिद्वन्द्वीले अब अन्ततः हामीलाई कालो बिरालोको रूपमा खेल्न दिन्छ, तर उनको डरलाग्दो आसनले मलाई उनको पीठको लागि चिन्तित बनाउँछ – ‘मलाई थाहा छ...

Seavel>Seavel> अन्ततः ब्ल्याक क्याटलाई ड्युलिस्टको रूपमा थप्छउनको चरित्र चयन पोजले यसको अप्ठ्यारो स्थितिको लागि हलचल पैदा गरेको छ केही खेलाडीहरूले सुझाव दिएका छन् कि...
HomeLatest newsजेनजी शहीदको सम्झनामा संसद् भवन अगाडि दीप प्रज्वलन

जेनजी शहीदको सम्झनामा संसद् भवन अगाडि दीप प्रज्वलन



२३ मंसिर, काठमाडौं । जेनजी शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

मंगलबार साँझ संसद् भवन अगाडि जेनजी शहीदको स्मरणमा दीप प्रज्वलन गरिएको हो ।

शहीद परिवार, घाइते परिवार लगायतका युवाहरूले दीप प्रज्वलन गरेका हुन् ।

दीप प्रज्वलन कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल समेत सहभागी भएका थिए ।

सो क्रममा उनले जेनजी शहीद योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताए ।

गृहमन्त्री अर्यालले शहीदका सपनालाई साकार पार्नु यो सरकारको चुनाव पछिको अर्को प्रमुख जिम्मेवारी भएको बताए ।

गत २३ र २४ भदौमा जेनजीहरूले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए ।

आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर जेनजी प्रदर्शनकारीहरूको मृत्यु भएको थियो ।

सरकारले जेनजी आन्दोलनका ४५ जना शहीदहरूलाई जेनजी सुशासन योद्धाका रूपमा सम्मान गर्ने निर्णय समेत गरिसकेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More