― Advertisement ―

Crunchyroll BMW र Mini Vehicles मा 40 अन्य ब्रान्डहरू पछ्याउन आउँदैछ – र म मेरो कारमा एनिमे हेर्न पर्खन सक्दिन।

Minchyatroll मा आउँदैछ सवारी साधनहरूयो अटोमोटिभ एप डिस्ट्रिब्युसन प्लेटफर्म Appning सँगको नयाँ साझेदारीको अंशको रूपमा आएको हो४० भन्दा बढी कार ब्रान्डहरूले लोकप्रिय एनिमे स्ट्रिमिङ...
HomeLatest newsजी-बबको चन्द्रौटा कन्सर्टमा ढुंगामुढा र तोडफोड, कारण के हो ?

जी-बबको चन्द्रौटा कन्सर्टमा ढुंगामुढा र तोडफोड, कारण के हो ?


राष्ट्रिय

समाचार.

  • र्‍यापर जी-बबले कपिलवस्तुको चन्द्रौटामा प्रस्तुति दिँदै स्पिकरको प्राविधिक समस्याका कारण कार्यक्रम बीचमै रोकिएको थियो।
  • दर्शकले स्टेजमा ढुंगा र कुर्सी प्रहार गर्दा स्थिति नियन्त्रणबाट बाहिर गयो र जी-बबलाई सुरक्षा दिएर अन्तै लगिएको थियो।
  • चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले १० हजार दर्शक उपस्थित रहेको र २५/३० वटा कुर्सी तोडफोड भएको बताए।

काठमाडौ । यतिबेला र्‍यापर जी-बब देशभित्रैको सांगीतिक टूरमा ब्यस्त छन् । केही दिनअघि उनले कैलालीको अत्तरियामा प्रस्तुति दिँदै युवा र किशोरवयका दर्शकलाई गाँजा नखान आग्रह गरेका थिए ।

उनको त्यो भिडियो पनि भाइरल बनिरहेको थियो । सोमबार उनले कपिलवस्तुको चन्द्रौटामा महोत्सवमा प्रस्तुति दिए । उनले केही समय आफ्ना प्रस्तुतिमार्फत दर्शकलाई नचाए ।

उनको प्रस्तुति भने बीचमै रोकियो । आयोजकले स्पिकरमा आएको समस्याको कारणले प्रस्तुति अवरुद्ध हुन पुगेको दाबी गरेका छन् । तर, दर्शक यत्तिकैमा सन्तुष्ट भएनन् अनि स्टेजमा ढुंगामुढा र कुर्सी प्रहार गर्न थाले ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा स्टेजमा ढुङ्गा हानिएको, कुर्सी फ्याँकिएको र ब्यानर च्यातिएको देख्न सकिन्छ ।

कार्यक्रमका होस्ट दीपु मगर स्पिकरको तारसँगको जडान छुट्टिएपछि प्रस्तुति रोकिन पुगेको बताउँछन् । स्पिकर बनाउँदा बनाउँदै दर्शकको हुलले स्टेजमा ढुंगामुढा गर्न थालेको उनले बताए ।

स्थिती नियन्त्रणबाट बाहिर गएपछि जी–बबलाई सुरक्षा दिएर अन्तै लगिएको थियो । कार्यक्रमपछि उनी अहिले भैरहवा हुँदै काठमाडौं फर्किसकेका छन् ।

चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले अपेक्षाभन्दा धेरै दर्शक आएको र प्राविधिक समस्या हुँदा यो स्थिती आएको दाबी गर्छन् । उनका अनुसार १० हजार दर्शक जी–बबको प्रस्तुति हेर्न त्यहाँ पुगेका थिए । ‘कुनै अप्रिय स्थिती हुन पाएन’ पाण्डेले भनेका छन् ।

उनले त्यहाँ २५/३० वटा कुर्सी तोडफोड भएको बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More