― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsसज्जनराज वैद्यले २ माघमा दशरथ रंगशालामा प्रस्तुति दिने

सज्जनराज वैद्यले २ माघमा दशरथ रंगशालामा प्रस्तुति दिने


राष्ट्रिय

समाचार.

  • युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यले २ माघमा दशरथ रंगशालामा प्रस्तुति दिने भएका छन्।
  • राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत मच्छिन्द्र र एनआरएटी क्लबबीचको खेलअघि वैद्यको प्रस्तुति हुनेछ।
  • प्रतियोगिताको लाइभ स्ट्रिम एमएसन भिडियो एपबाट तीन महिनाका लागि नेपालमा ८९९ रुपैयाँ र विदेशमा १५ अमेरिकी डलरमा उपलब्ध हुनेछ।

काठमाडौं । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यले २ माघमा दशरथ रंगशालामा प्रस्तुति दिने भएका छन् । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत सो दिन हुने मच्छिन्द्र र एनआरएटी क्लबबीचको खेलअघि वैद्य गुञ्जिने भएका हुन् ।

लामो समयपछि वैद्यले काठमाडौंमा प्रस्तुति दिन लागेका हुन् । उनले आफ्ना चर्चित गीत त्यहाँ प्रस्तुत गर्ने जनाइएको छ ।

सो प्रतियोगिताको लाइभ स्ट्रिम एमएसन भिडियो एपबाट हुने छ । यो एपमार्फत प्रतियोगितालाई नेपालमा हेर्न ३ महिनासम्म ८९९ रुपैयाँ र विदेशमा तीन महिनासम्म १५ अमेरिकी डलर तोकिएको छ ।

एमएसन भिडियोमा अहिलेका सुपरहिट नेपाली फिल्म पनि हेर्न पाइन्छ । एमएसन भिडियो एप टिभीमा पनि सजिलै डाउनलोड गरेर हेर्न सकिने बताइएको छ ।

गायक वैद्यको कुरा गर्दा, उनले सन् २०२६ को विदेश टूरको सुरुवात युएईबाट थाल्ने घोषणा गरेका त थिए तर, अहिलेलाई त्यो पोस्टपोन्ड भएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More