― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsजर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने – KhabarHost

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने – KhabarHost


राष्ट्रिय

समाचार.

  • जर्मन सरकारले पाकिस्तानमा अलपत्र परेका ५३५ अफगानीलाई डिसेम्बरभित्र जर्मनी प्रवेश अनुमति दिन प्रतिबद्धता जनाएको छ।
  • गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टले बर्लिनले उनीहरूलाई ‘सम्भव भएसम्म’ प्रक्रिया पूरा गर्ने योजना रहेको बताउनुभयो।
  • सरकारले पाकिस्तानमा बस्नेहरूलाई जर्मनी बसोबासको दाबी त्याग्न पैसा प्रस्ताव गरेको छ, तर ६२ जनाले मात्र स्वीकार गरेका छन्।

३ पुस, बर्लिन । जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर पाकिस्तानमा अलपत्र परेका ५३५ अफगानीहरूलाई व्यवस्थापन गर्न जर्मनी सरकार प्रतिबद्ध रहेको बिहीबार बताएको छ ।

गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टले आरएनडी मिडिया नेटवर्कसँग भने, ‘बर्लिनले उनीहरूलाई जर्मनी प्रवेश गर्न अनुमति दिन ‘सम्भव भएसम्म’ डिसेम्बरभित्र नै प्रक्रिया पूरा गर्न चाहेको छ ।’

अफगानी शरणार्थीहरूलाई अघिल्लो जर्मन सरकारले स्थापना गरेको शरणार्थी योजना अन्तर्गत स्वीकार गरिएको हो । मे महिनामा कन्जरभेटिभ चान्सलर फ्रेडरिक मर्जले पदभार ग्रहण गरेपछि र कार्यक्रम रोक्न थालेपछि उनीहरू पाकिस्तानमा अलपत्र परेका थिए ।

यस योजनामा भएकाहरूले या त तालिबान विरुद्धको युद्धको क्रममा अफगानिस्तानमा जर्मन सशस्त्र बलसँग काम गरेका थिए वा सन् २०२१ मा तालिबान समूह सत्तामा फर्केपछि विशेष जोखिममा रहेको अनुमान गरिएका अधिकारकर्मी र पत्रकार साथै उनीहरूका परिवारहरू रहेका छन् ।

पाकिस्तानले अफगानीहरूको मुद्दा टुङ्गो लगाउन वर्षको अन्त्यका लागि समयसीमा तोकेको थियो । यदि मुद्दा टुङ्गो लगाउन वर्षको अन्त्यसम्म सम्भव नभएमा उनीहरूलाई अफगानिस्तान पठाउने तयारी पाकिस्तानले गरेको बताइएको छ।

डोब्रिन्ड्टले भने, ‘हामी यस बारेमा पाकिस्तानी अधिकारीहरूसँग सम्पर्कमा छौँ । हुन सक्छ केही मुद्दाहरूमा हामीले नयाँ वर्षमा काम गर्नुपर्नेछ ।’

गत हप्ता गृह मन्त्रालयले यो योजनामा समावेश गर्ने भनिएका ६५० जनालाई जर्मनीमा शरण नदिइने बताएको थियो ।

सरकारले अझै पनि पाकिस्तानमा बस्नेहरूलाई जर्मनीमा बसोबास गर्ने आफ्नो दाबी त्याग्न पैसा प्रस्ताव गरेको छ, तर नोभेम्बरको मध्यसम्म मात्र ६२ जनाले मात्र यो प्रस्ताव स्वीकार गरेका थिए ।

एम्नेस्टी इन्टरनेशनल, सेभ द चिल्ड्रेन र ह्युमन राइट्स वाचसहित जर्मनीका २५० भन्दा बढी संस्थाहरूले यस महिनाको सुरुमा पाकिस्तानमा योजना अन्तर्गत एक हजार ८०० अफगानीहरू अलपत्र रहेको बताएका थिए र उनीहरूलाई प्रवेश दिन सरकारसँग आग्रह गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More