― Advertisement ―

ब्ल्याकबेरीको बिर्सिएको प्याटेन्टहरू फेरि गर्जन्छन् किनकि भाइले सम्पूर्ण विश्वव्यापी प्रिन्टर उद्योगलाई हल्लाउन सक्ने मुद्दाको सामना गर्नुपरेको छ।

आधुनिक कानूनमा ब्ल्याकप्याटस्युरिङ टारगेटिङ प्रविधिहरूभाइले लिगेसी मोबाइल आविष्कारहरूमा जानाजानी उल्लङ्घनको दावीहरू सामना गर्छन्प्याटेन्ट फर्महरूले क्षतिपूर्ति र उत्पादनको पुन: डिजाइनलाई व्यापक बनाउन दबाब दिन्छन्दुई प्याटेन्ट...
Homeराष्ट्रिय समाचारजनार्दन शर्मा – KhabarHost

जनार्दन शर्मा – KhabarHost



१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्र्माले एकीकृत समाजवादीसँगको एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको बताएका छन् ।

पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । जहाँ पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको ब्रिफिङ गरेका थिए । प्रचण्डले संगठनात्मक विषय समेत नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका थिए ।

तथापि, कसरी दुवै संगठनलाई एकतावद्ध गराएर जाने भन्ने विषयमा छलफल चलिरहेको भनेर उनले सचिवालयको राय अनुसार अगाडि बढिने बताए ।

छलफलमा प्रचण्ड सहितका नेताहरू नारायाणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।

नेता जनार्दन शर्माले भने एकीकृत समाजवादीसँगको एकताको प्रस्तावमा फरक मत राख्दै एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टी केन्द्रीय समितिले दुई पटक मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। विचारको बहस र प्रतिस्पर्धात्मक नेतृत्व निर्माणको प्रक्रिया अवरुद्ध पार्दै गरिएको यो एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास हो।’

यो गलत हुने उनको आग्रह छ । अगाडि भन्छन्, ‘माओवादी विचार र पहिचानलाई परित्याग गर्दै बहुदलीय जनवादका आधारभूत मान्यतासँग आत्मसपर्मण गर्ने प्रवृत्तिले हाम्रो पाटीको आधारभूत चरित्रलाई पूर्णरुपमा समाप्त गर्नेछ।’

तथापि, समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकता नितान्त आवश्यक रहेको उल्लेख गर्दै उनले थपेका छन्, ‘तर म लगायत अन्य सहयोद्धा कमरेडहरूले उठाएका विषयहरूलाई बेवास्ता गर्दै, एकताका नाममा गर्न खोजिएको यो आत्मसमर्पणले पार्टीलाई बलियो होइन, अझ कमजोर बनाउनेछ।’

हालैको जेनजी विद्रोहले माग गरेको सुशासन, पारदर्शिता र नेतृत्वको हस्तान्तरणको भावना विपरीत गरिने एकताले पार्टीको साखलाई झन् गिराउनेछ र विसर्जनको दिशामा धकेल्ने नेता शर्माको भनाइ रहेको छ ।

यही निष्कर्षका आधारमा उनले एकीकृत समाजवादीसँगको एकता प्रक्रियालाई तत्काल स्थगन गर्न माग गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More