― Advertisement ―

उच्च-उचाई UAV ले गुरुत्वाकर्षण-सहायता डाइभ फाइनलको साथ संसारको सबैभन्दा छिटो चरा जस्तै काम गर्दछ

युक्रेनले युक्रेनलाई धम्की दिएको छ। आत्मघाती गोताखोर आक्रमण100 भन्दा बढी रिपोर्ट गरिएको हत्याले Tsyklop लाई युक्रेनको व्यस्त अवरोधकहरू बीचमा राख्योगुरुत्वाकर्षण उच्च-गति हवाई अवरोधको समयमा...
Homeराष्ट्रिय समाचारप्रचण्डले भने- जनार्दनको आरोप गलत र अराजक – KhabarHost

प्रचण्डले भने- जनार्दनको आरोप गलत र अराजक – KhabarHost



१५ कात्तिक, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँगको एकता प्रक्रिया ठिक ढंगले अगाडि बढेको बताएका छन् ।

नेता जनार्दन शर्मासमेत केन्द्रीय समितिको बैठकसम्म सहमत भएर अगाडि बढ्ने उनको विश्वास छ ।

शनिबार माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेता शर्मा आफ्ना कुरा राखेर बाहिरिएका थिए । शर्माले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्न समेत माग राखेका छन् ।

बैठकपछि प्रचण्डलाई पत्रकारहरूले यही विषयमा सोधेका थिए, ‘पार्टीमा पहिरो जाने हो कि भन्ने देखियो नि ?’

प्रचण्डले जवाफ दिए, ‘केही जाँदैन । सबै एकजुट भएको छ हाम्रो पार्टी । केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’

आजको बैठकमा जनार्दनले आफ्नो कुरा राखेको र अरुको कुरा नसुनेको प्रचण्डले बताए ।

‘आज बैठक राम्रो सुरु भएको थियो । उहाँले विषय राख्नुभयो । ल बस्नु सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । त्यो शैली उहाँको नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन । बसेर छलफल पो गर्ने हो त,’ प्रचण्डले भने ।

जनार्दन शर्माले महाधिवेशन टार्न खोजिएको भनेकोबारे प्रचण्डलाई प्रश्न गरे । जवाफमा प्रचण्डले भने, ‘त्यो गलत आरोप हो, अराजक आरोप हो ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More