― Advertisement ―

सामसुङले प्राइम डेलाई ठूलो टिभी बिक्रीको साथ पञ्चमा पछाडी दियो – सबैभन्दा बढी बिक्रि हुने 4K, QLED र OLED टिभीहरूमा $१,५०० सम्म छुट

साप्ताहिक समाचारपत्रहरू दैनिक समाचार, साप्ताहिक सम्झौता र हप्ताका शीर्ष प्राविधिक कथाहरू प्राप्त गर्नुहोस् टिप्पणी पहुँच वार्तालापमा सामेल हुनुहोस्, आफ्नो विचार साझा गर्नुहोस् र विशेषज्ञ सल्लाह...
HomeLatest newsजथाभावी विद्यार्थीको कपाल मुन्डन नगरिदिन काठमाडौँ महानगरको पत्र

जथाभावी विद्यार्थीको कपाल मुन्डन नगरिदिन काठमाडौँ महानगरको पत्र


राष्ट्रिय

समाचार.

  • काठमाडौँ महानगरपालिकाले केही विद्यालयमा छात्रको कपाल लामो भएको भन्दै जथाभावी मुन्डन गरिदिने गुनासो आएपछि सचेत गराएको छ।
  • शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले महानगरभित्रका सबै विद्यालयलाई विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्ने कार्य नगर्न पत्र लेखेर अनुरोध गरेका छन्।
  • महानगरको पत्रमा विद्यालयले विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नदिने गरी आचारसंहिता पालना गर्न भनिएको छ।

२ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भन्दै जथाभावी मुन्डन गरिदिने गुनासो आएको भन्दै सचेत गराएको छ ।

शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले महानगरभित्रका सबै सामुदायिक तथा ‌संस्थागत विद्यालयहरूलाई पत्र लेखेर विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्ने कार्य नगर्न अनुरोध गरेका हुन्।

महानगरको पत्रमा उल्लेख छ, ‘यस महानगरपालिकाअन्तर्गतका केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भनि विद्यालयमा जथाभावी मुन्डन गरिदिने कार्यले छात्रलाई मनोवैज्ञानिक असर परेको भनि जन गुनासा प्राप्त भएको सन्दर्भमा र शिक्षा नियामावली ०५९ को नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाइ लागू गर्ने र नियम १३३ (१) (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचारसंहिता पालना गर्न गराउन हुन अनुरोध छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More