― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsच्याम्पियन्स लिगमा चेल्सीले बार्सिलोनालाई हरायो

च्याम्पियन्स लिगमा चेल्सीले बार्सिलोनालाई हरायो


राष्ट्रिय

समाचार.

  • चेल्सीले युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनालाई ३-० ले पराजित गरेको छ।
  • खेलमा बार्सिलोनाका रोनाल्ड अराउजोले दोहोरो पहेंलो कार्ड पाउँदा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
  • चेल्सीका इस्तिभाओ र लियाम डेलापले १-१ गोल गरे भने बार्सिलोनाका जुलियस कुन्डेको आत्मघाती गोलले जित सुनिश्चित भयो।

१० मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो ।

चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो ।

पहिलो हाफको २७औं मिनेटमा बक्सभित्रैको बल क्लियर गर्ने प्रयासमा कुन्डेबाट आत्मघाती गोल भएको थियो र चेल्सीले १-० को अग्रता लियो ।

खेलको ४४औं मिनेटमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो ।

दोस्रो हाफको ५५औं मिनेटमा रिस जेम्सको एसिस्टमा इस्तिभाओले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

७३औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा डेलापले राम्रो फिनिस गर्दै चेल्सीको अग्रता अझै बढाए र चेल्सी ३-० ले विजयी भयो ।

जितपछि ५ खेलमा १० अंक भएको चेल्सी च्याम्पियन्स लिग अंकतालिकाको पाँचौं स्थानमा छ भने ७ अंक भएको बार्सिलोना १५औं स्थानमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More