राष्ट्रिय
समाचार.
- युरोपियन च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीले घरेलु मैदान एतिहादमा बायर लेभरकुसनसँग २-० गोलअन्तरले पराजित भएको छ।
- लेभरकुसनका अलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक स्किकले क्रमशः २३औं र ५४औं मिनेटमा गोल गरेका थिए।
- लेभरकुसनले ५ खेलमा ८ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ भने सिटी १० अंकसहित छैटौं स्थानमा छ।
१० मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी जर्मन क्लब बायर लेभरकुसनसँग पराजित भएको छ ।
सिटीलाई उसैको घरेलु मैदान एतिहादमा लेभरकुसनले २-० गोलअन्तरले हराएको हो । लेभरकुसनको जितमा अलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक स्किकले १-१ गोल गरे ।
खेलको २३औं मिनेटमा ग्रिमाल्डोले गोल गर्दै लेभरकुसनलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा स्किकले गोल गर्दै अग्रता दोब्बर पारे । यही दुई गोल लेभरकुसनको जितका लागि पर्याप्त रह्यो ।
जितपछि ५ खेलमा ८ अंक भएको लेभरकुसन अंकतालिकामा १३औं स्थानमा उक्लिएको छ । पराजित सिटी १० अंकसहित छैटौं स्थानमा छ ।
गएराति भएको अन्य खेलमा बोरुसिया डर्टमुन्डले भिल्लारियललाई ४-० ले हरायो भने मार्सेलले न्युकासलमाथि २-१ को जित हासिल गर्यो । युभेन्ट्सले बोडो ग्लिम्पटलाई ३-२ ले हराउँदा नापोलीले काराबागलाई २-० ले हरायो ।
बेनफिकाले अयाक्सलाई २-० ले हराउँदा युनियन सेन्ट गिलोसले गालातासारेलाई १-० ले हरायो । स्लाभिया प्राहा र एथ्लेटिक क्लबले गोलरहित बराबरी खेले ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

