― Advertisement ―

‘के कुराले CV लाई अलग बनाउँछ तपाईले यसमा थप्नु भएको व्यक्तिगत स्पर्श हो’: पेशेवर CV लेखकहरूले पनि पुन: सुरुवात लेख्न AI प्रयोग नगर्न चेतावनी...

तिनीहरूले अहिले आधाभन्दा बढी काम गर्ने लेखकहरू प्राप्त गर्छन्। AIएआई-उत्पन्न गरिएको पाठ अवैयक्तिक र अतिशयोक्तिपूर्ण हुने जोखिमतर प्रविधिले अभिव्यक्ति, रचनात्मकता र कथा कथनमा मद्दत...
HomeLatest newsचीनले अन्तरिक्षमा प्रक्षेपण गर्‍यो नयाँ उपग्रह ‘याओगान–४७’

चीनले अन्तरिक्षमा प्रक्षेपण गर्‍यो नयाँ उपग्रह ‘याओगान–४७’


राष्ट्रिय

समाचार.

  • चीनले मङ्गलबार जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट लङ–मार्च–४बी रकेटमार्फत् नयाँ उपग्रह याओगान–४७ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।
  • याओगान–४७ उपग्रह राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारीमा प्रयोग हुने बताइएको छ।
  • यो प्रक्षेपण लङ–मार्च शृङ्खलाको ६१४औँ मिशन हो र उपग्रहले चीनको अवलोकन र डेटा सङ्कलन क्षमतामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

२३ मंसिर, जिउक्वान । चीनले मङ्गलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत् नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

यो रकेट चीनको उत्तर–पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे (बेइजिङ समय) उडान भरेको थियो र उपग्रहले निर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको छ ।

याओगान–४७ उपग्रह मुख्यतः राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारी तथा न्यूनीकरणका काममा प्रयोग हुने बताइएको छ ।

याओगान–४७ले निर्धारित कक्षामा प्रवेश गरेर चीनको अवलोकन र डेटा सङ्कलन क्षमतामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण लङ–मार्च शृङ्खलाको ६१४औँ मिशन हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More