― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsगोवा आगलागीमा परेका नेपालीका परिवारलाई राहत दिन प्रचण्डको माग

गोवा आगलागीमा परेका नेपालीका परिवारलाई राहत दिन प्रचण्डको माग



२३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको खबरले स्तब्ध बनेको बताएका छन् ।

मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले मृतकका परिवारलाई राहत दिन सरकारसँग माग गरेका हुन् ।

‘मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कुटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै, पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु।’





Read More