― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest news‘गोबर गणेश’ को प्रतिक्रियाले मख्ख बल्छी धुर्बे, हल भिजिटमा भ्याइनभ्याइ

‘गोबर गणेश’ को प्रतिक्रियाले मख्ख बल्छी धुर्बे, हल भिजिटमा भ्याइनभ्याइ


राष्ट्रिय

समाचार.

  • बल्छी धुर्बेले डेब्यू फिल्म ‘गोबर गणेश’ को प्रचारप्रसारमा काठमाडौं उपत्यकाका विभिन्न हलमा दर्शकसँग साक्षात्कार गरे।
  • उनले भने, “एकदमै गजब प्रतिक्रिया आइरहेको छ । सकारात्मक प्रतिक्रिया छ” र दर्शकले आमाको त्यागको कथालाई रुचाएको बताए।
  • बल्छी धुर्बे र पूजन घिमिरे ‘पुकु’ साता मोफसलका हलहरूमा जाने तयारीमा छन्।

काठमाडौं । यतिबेला मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू फिल्म ‘गोबर गणेश’ को प्रवर्धनमा कस्सिएका छन् । फिल्म रिलिज भएसँगै हल–हलमा पुगेर दर्शकलाई भेट्नु र प्रचारप्रसार गर्ने कार्यमा उनी ब्यस्त छन् ।

शुक्रबार र शनिबार उनले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । पूजन घिमिरे ‘पुकु’, सीतादेवी तिमल्सिना, पदम तामाङलाई लिएर उनी हलमा कुदिरहेका छन् ।

दर्शकीय प्रतिक्रियाले उनी मख्ख देखिन्छन् । ‘एकदमै गजब प्रतिक्रिया आइरहेको छ । सकारात्मक प्रतिक्रिया छ’ उनले भने, ‘जतिजनाले पनि हेर्नुभएको छ, कसैले पनि नराम्रो भन्नुभएको छैन । सन्तानको लागि आमाले गरेको त्यागको कथालाई दर्शकले रुचाउनुभएको छ ।’

कतिपय दर्शक त बल्छी धुर्बेकै काँधमा भक्कानिएर रोकिएको भिडियो टिकटकतिर सेयर भैरहेको देखिन्छ । विशेषगरि, आमा र छोराबीचको मर्मस्पर्शी कथालाई दर्शकले रुचाएका देखिन्छन् । तन्नेरीदेखि वयोवृद्ध उमेरका दर्शक पनि फिल्म हेर्न हलमा पुगेका छन् ।

‘हिजोसम्म डराइरहेको थिएँ, के होला, कसो होला भनेर’ मरिचमानले भने, ‘आज दर्शकको यो प्रतिक्रियाले मन खुसी भएको छ ।’ यो फिल्मका निर्देशक समेत रहेका बल्छी धुर्बेको शीर्ष भूमिका फिल्ममा छ । शीर्ष भूमिकामा वर्षा सिवाकोटीको पनि अभिनय छ ।

टेलिभिजन श्रृंखलाबाट चम्किएका कलाकार मरिचमानले यही फिल्मबाट घरेलु फिल्मको निर्देशन र अभिनयमा डेब्यू गरेका हुन् । उनको यो डेब्यू सन्तोषजनक देखिन्छ र पहिलो सप्ताहन्त बक्सअफिसमा सुखद देखिन्छ ।

काठमाडौंपछि दर्शक भेट्न बल्छी धुर्बे र पुकु आउने साता मोफसलका हलहरूमा जाने तयारीमा छन्

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More