― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsखोलाको मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन – KhabarHost

खोलाको मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन – KhabarHost



१७ पुस, काठमाडौं । उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ ।

थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा सरोकारवालाले पुन: प्रदर्शन गरेका हुन् ।

यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै आएका छन् । हाल कायम २० मिटरको छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो ।

सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र विनोद शर्मालाई महाअभियोग लगाउन समेत माग गर्दै आएको थियो ।

सरोकारवालाहरुले समाजको मनोविज्ञान नबुझी धर्म, संस्कृति, सभ्यता र पहिचान माथि कठोर र निर्मम तरिकाबाट प्रहार भएको आरोप लगाउँदै आएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More