― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
HomeLatest newsकृष्णगोपाल श्रेष्ठ – KhabarHost

कृष्णगोपाल श्रेष्ठ – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन्।
  • श्रेष्ठले देश रहेमात्रै पार्टी रहने र देश बनाउन राजनीतिक दलहरू आवश्यक रहेको बताए।
  • उनले भने, ‘आवधिक चुनावलाई विश्वास गर्ने पार्टीका नेताहरू हौँ र कार्यकर्ताबाटै नेता छानिने कुरा हो।’

२ पुस, काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन् ।

बुधबार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सबै एमाले भएकाले जित, हार एमालेकै हुने उनको भनाइ थियो ।

सबैभन्दा पहिला देश रहेकाले देश रहेमात्रै पार्टी रहने पनि उनले बताए । देश बनाउन राजनीतिक दलहरू रहनुपर्ने श्रेष्ठको भनाइ छ ।

‘सबैभन्दा पहिलो कुरा देश हो । देश रहे मात्रै हामीले पार्टी बनाउँछौं । त्यसपछि मात्रै जनताको समृद्ध नेपाल र सुखी नेपाली पूरा गर्नसक्छौं । पहिला देश नै हो । देश बनाउन पार्टी बच्नु जरुरी छ । नेकपा एमालेलाई जनताको मनमनमा समेट्नुपर्छ, कार्यकर्ताबाटै नेताहरू बन्ने हो,’ उनले भने ।

‘आवधिक चुनावलाई विश्वास गर्ने पार्टीका नेताहरू हौँ । कार्यकर्ताबाट नेता छानिने कुरा हो । कुन पक्ष,विपक्ष छैनौँ । हामी सबै यहाँ एक पक्ष एमालेनै छौँ । जो राम्रा साथीहरूलाई विश्वास गर्छन्, त्यसैले नेतृत्व गर्दछ,’ उनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More