राष्ट्रिय
समाचार.
- बुटवलमा जारी नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सेमिफाइनलमा कुडल श्रेष्ठ, रुकु खान, कशिश क्षेत्री र अजय सुनार प्रवेश गरेका छन्।
- प्रतियोगितामा जिल्लाका १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् र खेल पुस २१ गतेसम्म चल्नेछ।
- विजेताले एक लाख, उपविजेताले ५० हजार र उच्च स्कोररले २० हजार पुरस्कार पाउने संघका अध्यक्ष सुजन पुनले जानकारी दिनुभयो।
१९ पुस, बुटवल । बुटवलमा जारी जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
बुटवलस्थित खस्यौली स्नूकर क्लबमा शनिबार बेस्ट अफ सेभेनका आधारमा भएका खेलमा विजयी हुँदै कुडल श्रेष्ठ, रुकु खान, कशिश क्षेत्री र अजय सुनार सेमिफाइनल प्रवेश गरेका हुन् ।
नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि जारी नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगितामा जिल्लाका १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
शनिबारका खेलमा आदर्श भण्डारीलाई ४–२ अंकले पछि पार्दै कुडल अन्तिम ४ जनामा सुरक्षित भएका हुन् । यस्तै सौरभ श्रेष्ठलाई ४–३ अंकले पछि पार्दै रुकुले सेमिफाइनलमा स्थान पक्का गरे ।
शनिबारै भएको अर्को खेलमा रोहितमान जोशीलाई ४–२ अंकले पराजित गर्दै कशिश र रेशम रानालाई ४–१ अंकले पछि पार्दै अजय सेमिफाइनल प्रवेश गरेका खेल संयोजक विजय गुरुङले जानकारी दिए ।
पुस २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा उच्च स्कोररले २० हजार, उदीयमान खेलाडी र अनुशासित खेलाडीले ५/५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

