― Advertisement ―

एन्थ्रोपिक भनेको ‘एआईको एप्पल’ हो: उच्च मूल्य, कम मात्रा, अधिकतम राजस्व

भोल्युम र AI को लागि कुनै पनि समाधानको लागि AI भन्दा बढी खर्च गर्नुभयो। जुलाई 2026 मा यसका प्रतिस्पर्धीहरू मध्ये, शीर्ष LLM प्रदायकको रूपमा...
HomeLatest newsमर्स्याङ्दीलाई हराउँदै एपीएफ त्रिवेणी कपको फाइनलमा

मर्स्याङ्दीलाई हराउँदै एपीएफ त्रिवेणी कपको फाइनलमा


राष्ट्रिय

समाचार.

  • एपीएफ क्लबले लमजुङमा जारी त्रिवेणी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
  • सेमिफाइनलमा एपीएफले लमजुङ मर्स्याङ्दी फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले हराएको हो।
  • खेल १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा एपीएफका चार खेलाडीले गोल गरेका थिए।

१९ पुस, काठमाडौं । एपीएफ क्लब लमजुङमा जारी त्रिवेणी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा लमजुङ मर्स्याङ्दी फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।

टाइब्रेकरमा एपीएफका अनिष घर्ती, सन्तोष खत्री, युवराज खड्का र विश्वास उदासले गोल गरे । दिपेश धिमाल र महेश लामाको प्रहार गोल हुन सकेन ।

यस्तै मर्स्याङ्दीका आरोन थापा, विलियन एलेन र मिङ्‍मा मगरको प्रहार गोल हुँदा अविनाश स्याङ्तान, अभिषेक महतो र पुजन थापाको प्रहार गोल भएनन् ।

त्यसअघि निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

४१औं मिनेटमा मर्स्याङ्दीका ओलावाले आफिजले गोल गरेपनि इन्जुरी समयको सातौं मिनेटमा एपीएफका मान बहादुर रानाले गोल फर्काएका थिए ।

८८औं मिनेटमा मणिकुमार लामाले रातो कार्ड पाएपछि एपीएफ केही समय १० खेलाडीमा सीमित भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More