― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest newsकाठमाडौंमा मनाइयो राष्ट्रिय पोशाक दिवस – KhabarHost

काठमाडौंमा मनाइयो राष्ट्रिय पोशाक दिवस – KhabarHost



१७ पुस, काठमाडौं । आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालभर राष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रमसहित भव्यताका साथ मनाइएको छ ।

नेपाली टोपी हाम्रो शान, हाम्रो पहिचान र मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक स्वाभिमानको पहिचान जस्ता नाराहरूसहित यो दिवस देशभर र विदेशमा रहेका नेपाली समुदायले उत्साहपूर्वक मनाएका छन् ।

जागरुक युवा अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानलगायतका संस्थाहरूको अगुवाइमा काठमाडौंका विभिन्न स्थानमा र्‍याली, सांस्कृतिक कार्यक्रम र प्रदर्शनी गरिएको छ ।

सहभागीहरूले दौरा-सुरुवाल, ढाका टोपी, भादगाउँले टोपी, गुन्यू-चोलो लगायतका परम्परागत नेपाली पोशाकमा सजिएर राष्ट्रिय पहिचानको संरक्षण र संवद्र्धनको सन्देश प्रवाह गरेका छन् ।

यो दिवसले नेपाली समाजमा राष्ट्रिय पोशाकप्रति युवा पुस्ताको आकर्षण बढाउँदै लगेको छ भने सरकारलाई पनि मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिन दबाब दिइरहेको छ

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More