― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsकांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता पनि रास्वपा प्रवेश

कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता पनि रास्वपा प्रवेश



१९ पुस, पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकीका नेता पुष्प अधिकारी एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश गरेका छन् ।

संघीय महिला बालबालिका मन्त्री र गण्डकी प्रदेशकोसमेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका खड्कालाई कांग्रेसले अन्तरघात गरेको आरोपमा निष्कासन गरेपछि आज रास्वपा प्रवेश गरेका हुन् ।

उनीहरूलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले पार्टीमा स्वागत गरे ।

क्षेत्रीहरूको आन्दोलनको जगमा गठन भएको अखण्ड नेपाल पार्टीबाट १ जनामात्र समानुपातिक सांसद बनेर संघीय संसद छिरेका खड्का २०७४ को चुनावअघि कांग्रेसमा विलय हुँदै गण्डकीमा समानुपातिक सांसद हुँदै मन्त्री बनेका थिए ।

कांग्रेसले आफ्ना उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको भन्दै निष्कासन गरेको थियो । साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेर कारबाही गरेपछि उनी रास्वपा जान लागेका हुन् ।

अहिले उनको पनि कारबाही फुकुवा भइसकेको छ तर आफूले निर्णय लिइसकेको भन्दै कांग्रेस नफर्किने भन्दै खड्का रास्वपा प्रवेश गरेका हुन् ।

रास्वपा प्रवेश गर्न लागेकी कांग्रेस महाधिवेशन प्रतिनिधि थापा अहिले गण्डकीका सामाजिक विकास मन्त्री रहेका विन्दुकुमारकै भाइबुहारी हुन् ।

विन्दुकुमारका भाइ अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का पूर्वअध्यक्ष ध्रुव पत्नी कांग्रेसकै पारिवारिक विरासत त्यागेर रास्वपा प्रवेश गर्ने भएकी छन् । कांग्रेस मन्त्री विन्दुकुमार परिवारकै सदस्य रास्वपा प्रवेश गर्ने विषयलाई कास्कीमा धेरैले चासोका साथ हेरेका छन् ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते मन्त्री थापाको निवास, व्यापारिक प्रतिष्ठान, बगैंचा रिसोर्टसहित धुर्वको घर तथा व्यावसायिक प्रतिष्ठानमा पनि तोडफोड र आगजनी भएको थियो ।

मन्त्री परिवार भएकै कारण आफूहरूको व्यवसाय तथा घरमा आगलागी भएको उनीहरूको भनाइ थियो भने उनीहरूकै घरमा काम गर्ने एक जना महिलाको आगलागीमा जलेर मृत्युसमेत भएको थियो ।

रास्वपा प्रवेश गरेका अधिकारी रुपाकोट रिसोर्टका सञ्चालक पनि हुन् । एमालेबाट अघिल्लो पटक पोखरा महानगरमा मेयरको आकांक्षी थिए । अधिकारी अघिल्लो पटक एमालेको गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए । अधिकारी एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिन्थे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More