― Advertisement ―

रूसी ह्याकरले जेमिनी सीएलआईलाई ह्याकिङ एजेन्टमा परिणत गर्दछ, सानो आकारको बोटनेट सिर्जना गर्दछ

रूसी ह्याकरले गुगल ह्याकरको प्रयोग गर्‍यो "810000000A-11f1" दन्त चिकित्सालयमा botnetआक्रमणकारीले AI लाई पेन परीक्षकको रूपमा प्रस्तुत गरेर, C2 पूर्वाधार माइग्रेट गर्न, कनेक्टिभिटीको समस्या निवारण...
HomeLatest newsकरेन्ट लगाएर माछा मार्नेक्रमा एक व्यक्तिको मृत्यु   

करेन्ट लगाएर माछा मार्नेक्रमा एक व्यक्तिको मृत्यु   



३० असोज, झापा । झापाको मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर बेहोस भएका थिए ।

उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More