१० माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना नभइ सत्तामा जानु नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने पनि स्पष्ट पारे । राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देश तथा विदेशमा पनि महत्त्वपूर्ण सन्देश जाने जिकिर समेत उनले गरे ।
‘हिन्दूराष्ट्र र राजसंस्था पुन:स्थापना नभइकन हामी सत्तामा जानु छैन । सत्ता केन्द्रित राजनीति गर्ने छैनौं । यो सन्देश हामीले प्रत्येक नेपालीलाई दिन सक्नुपर्छ । स्वयं राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएर जाँदा देश विदेशमा एउटा बलियो सन्देश जान्छ,’ थापाले भने ।
काठमाडौं क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरुको धेरै ठूलो संख्या रहेको उनको भनाइ छ । राजतन्त्रवादी जनमतलाई भोटमा बदल्नसके विजयी निश्चित रहेको उनको भनाइ थियो ।
‘त्यसका लागि हामी निरन्तर रुपमा खटिरहेका छौँ । काठमाडौं क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरुको धेरै ठूलो संख्या छ । जनमत छ । त्यो जनमतलाई भोटमा परिणत गराउनसके फागुन २१ गतेको निर्वाचनमा हाम्रो विजय अवश्यम्भावी छ,’ थापाको भनाइ छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

