― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsकतिमा किनबेच भइरहेछ लसुन ? – KhabarHost

कतिमा किनबेच भइरहेछ लसुन ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बजारमा सुकेको लसुनको मूल्य घटेको छ।
  • पछिल्लो दुई सातामा लसुनको मूल्य ३०.२६ देखि ७३.२६ प्रतिशतसम्म बढेको थियो, तर चार दिनमा चिनियाँ लसुनको औसत मूल्य २६.२१ प्रतिशतले घटेको छ।
  • गत शुक्रबार चिनियाँ लसुन प्रतिकिलो औसत ४ सय ५६ रुपैयाँमा किनबेच भएको थियो भने आज सोमबार यसको मूल्य ३ सय ३६ रुपैयाँ कायम छ।

२२ पुस, काठमाडौं । बजारमा सुकेको लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले लसुनको मूल्य ओरालो लागेको देखाएको हो ।

बजारमा चिनियाँ र नेपाली गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । पछिल्लो दुई सातामा सुकेको लसुनको मूल्य ह्वात्तै बढेको थियो । दुई साता अवधिमा लसुनको मूल्य ३०.२६ देखि ७३.२६ प्रतिशतसम्म बढेको थियो ।

गएको शुक्रबार (१८ पुस) मा चिनियाँ लसुन प्रतिकिलो थोकमा न्यूनतम ४ सयदेखि अधिकतम ५ सय र औसतमा ४ सय ५६ रुपैयाँसम्म पुगेको थियो । चार दिनको अवधिमा चिनियाँ लसुन औसतमा प्रतिकिलो २६.२१ प्रतिशतसम्म घटेको छ । आज सोमबार उक्त लसुनको मूल्य ३ सय ३६ रुपैयाँ कायम छ ।

यस्तै नेपाली लसुनको मूल्य पनि १९.७० प्रतिशतले घटेको छ । गत शुक्रबार नेपाली लसुन प्रतिकिलो थोकमा न्यूनतम २ सय २० देखि अधिकतम २ सय ८९ र औसत २ सय ४७ रुपैयाँमा किनबेच भएको थियो ।

आज मंगलबार भने नेपाली लसुनको मूल्य प्रतिकिलो १ सय ९८ रुपैयाँ कायम छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More