― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsएमालेका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज – KhabarHost

एमालेका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको छ।
  • पासाङ शेर्पाको उम्मेदवारी पनि खारेज भइसकेको छ र कुल दुई उम्मेदवारी खारेज भएका छन्।
  • एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्।

१ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ ।

यससँगै उम्मेदवारी खारेज हुनेको संख्या दुई पुगेको छ । यसअघि पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको थियो ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये शेर्पा र गिरीको उम्मेदवारी खारेज भएको जानकारी दिए ।

उनका अनुसार ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै एक उपमहासचिवसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका हुन् ।

भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने तयारी भइरहेको छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधि चयन भएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More