― Advertisement ―

HomeLatest newsएमाले विधान महाधिवेशनको निर्णय उल्टियो, पदाधिकारी १९, स्थायी कमिटी यथावत

एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, पदाधिकारी १९, स्थायी कमिटी यथावत


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेले विरोधका बीच विधान महाधिवेशनको निर्णय उल्ट्याएर पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरेको छ।
  • अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव राखेर पदाधिकारी १५ र स्थायी कमिटी ४५ सदस्यीय बनाइएको छ।
  • बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संख्या बढाएर क्षमता बढ्ने ग्यारेन्टी नभएको र बदलिएको परिस्थितिले अंक बढाउन नभनेको बताए।

२८ मंसिर, काठमाडौं । नेकपा एमालेले विरोधका बीच विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको छ । विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । सोही अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना बनाइएको छ । यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो बनाइएको छ । यसरी जम्मा केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी पहिले ३०१ सदस्यीय नै थियो । तर, गत भदौमा भएको विधान महाधिवेशनबाट २५१ सदस्यीय बनाइएको थियो । त्यत्रो मिहिनेत र खर्च गरेर विधान महाधिवेशनबाट टुंगो लगाइसकेको विषयलाई अहिले फेरि संशोधन गर्न खोजिएको भन्दै कतिपयले विरोध जनाएका थिए .

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले अंक बढाऊ नभनेको बताए । उनले संख्या बढाउँदैमा एमालेको क्षमता बढ्ने के ग्यारेन्टी छ भनेर प्रश्न समेत गरे । ‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन । बदलिएको परिस्थितिले त हामीलाई बदलेऊ भनेर जबरजस्त सन्देश दिएको छ । के संख्या बढाएर क्षमता बढ्छ भने अस्तिको हाम्रो क्षमता जचिएन ?’

उनले भने, ‘दुई कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने ? अरु बाहेक हुने ? यस्तो तर्कले हामीलाई कता पुर्‍याउँछ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More