― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsएमाले कार्यकर्ताले ठूलो भीड देखाउन खोजेको तस्वीर ‘फेक’

एमाले कार्यकर्ताले ठूलो भीड देखाउन खोजेको तस्वीर ‘फेक’



२७ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भीड भन्दै शनिबार एउटै तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।

एमाले नेता महेश बस्नेतले शनिबार दिउँसो ३:२२ बजे आफ्नो सामाजिक सञ्जालमा भक्तपुरको सल्लाघारीमा भएको सभामा जनसागर उर्लिएको भन्दै भ्रामक फोटो सेयर गरेका थिए ।

सल्लाघारीमा जम्मा भएको भीडको केही क्लोज्ड र एउटा ड्रोनबाट कैद गरिएको जस्तो देखिने एरिएल तस्वीर पोस्ट गरेका थिए बस्नेतले ।

बस्नेतपछि एमाले पोलिटब्यूरो सदस्य शान्ता चौधरीले पनि सोही तस्वीर आफ्नो फेसबुकमा पोस्ट गरिन् । विगतमा पनि एमालेका सभापछि ‘फेक तस्वीर’ सेयर गर्ने गरेकी चौधरीले शनिबार पनि त्यो कार्य दोहोर्‍याइन् ।

सल्लाघारी सभाकै दोस्रो फेसबुक पोस्टमा पनि चौधरीले अवास्तविक तस्वीर पोस्ट गरेको देखिन्छ ।

एमालेका केही ठूला नेताहरूसँगै भातृ संगठन प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे पनि फेक तस्वीर फैलाउने कार्यमा अछुतो रहेनन् । महेश बस्नेतले भाइरल गराएको तस्वीर नै पाण्डेले पनि आफ्नो फेसबुकमा साझा गर्न भ्याए । तर, सञ्जालमा आलोचना सुरु भएपछि पाण्डेले उक्त तस्वीर डिलिट गर्नु नै बुद्धिमतापूर्ण ठाने ।

के हो तस्वीरको वास्तविकता ?

राजनीतिक दलका सभामा कति जनसहभागीता रह्यो भन्ने कुराले अर्थ राख्ने भएर होला बेलाबेला दलका नेता–कार्यकर्ताले यस्तो हर्कत गर्दै आएको पाइन्छ । त्यसमाथि जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको नेकपा एमालेलाई अहिले आफ्नो पक्षमा जनसमर्थन देखाउने चुनौती थियो ।

त्यसैले पनि शनिबारको सभालाई एमालेले प्रतिष्ठाको विषय बनाएको थियो । एमाले नेताहरूले शनिबार सल्लाघारीमा पाँच लाख मानिस सहभागी हुने दाबी गरेका थिए । नेताहरूले दाबी गरेअनुसार, गणनामा पाँचै लाख नपुगे पनि सल्लाघारीको चौरमा उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

अनलाइनखबरसहित विभिन्न सञ्चारमाध्यमले पनि सल्लाघारीको सभाको क्लोज्ड र एरिएल तस्वीर सार्वजनिक गरिसकेका थिए ।

तर, १०८ रोपनीको चौरमा दायाँबायाँ केही खाली देखेर हुनुपर्छ नेताहरूले त्यसलाई एआई प्रयोग गरेर विशाल उपस्थिति देखाउन खोजे, त्यसमा नेता महेश बस्नेत अघि सरिहाले ।

ड्रोनबाट खिचिएको दाबी गरिएको उक्त फोटो सुरुमा बचन राज जोशी नामका फेसबुक प्रयोगकर्ताले साझा गरेका थिए र त्यसमा उनकै नामको वाटरमार्क समेत छ ।

तर, उक्त तस्वीरको मूल स्रोत जाँच गर्दा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर तयार पारेको देखिन्छ ।

एआईद्वारा तयार गरिएको हो कि होइन भन्ने जाँच गर्ने टूलमा यो तस्वीर हालेर जाँच गर्दा करिब ८० प्रतिशत एआई सिर्जित भन्ने नतिजा देखायो । एमालेको उद्घाटनसत्रको मञ्च रातो कार्पेटले सजिएको थियो । मञ्चलाई घेरेर पर्खाल बनाइरहेको घेराभित्र हरियो कार्पेट ओछ्याइएको थियो ।

तर, महेश बस्नेतसहित अन्य नेता कार्यकर्ताले एमालेको सभामा उपस्थित भीड भनेर भाइरल गराउन खोजिरहेको कतिपय तस्वीर ती वास्तविक तस्वीरसँगै पटक्कै मेल खाँदैनन् ।





Read More