― Advertisement ―

‘फ्लेमिङ चाइना’ ह्याकरले चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरबाट १० पेटाबाइट उन्नत सैन्य डाटा चोरेको दाबी गरेको छ जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याक हो।

'FlamingChina' claimes 10PB of data was stolen from the सुपर कम्प्यूटरसुपर कम्प्यूटर धेरै सैन्य र नागरिक निकायहरु द्वारा प्रयोग गरिएको थियोडेटा को नमूनाहरु विमान,...
HomeLatest newsएनपीएल ट्रफी टुर बुद्ध जन्मस्थलदेखि सिद्धबाबा मन्दिरसम्म

एनपीएल ट्रफी टुर बुद्ध जन्मस्थलदेखि सिद्धबाबा मन्दिरसम्म


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल प्रिमियर लिगको ट्रफी मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणका लागि रुपन्देहीका विभिन्न स्थानमा टुर गरिएको छ।
  • ट्रफीलाई बुद्धजन्मस्थल लुम्बिनी, सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल, पाल्पाको सिद्धबाबा धाम र बुटवलमा घुमाइएको थियो।
  • टुर समापनमा लुम्बिनी लायन्सको टिम गान सार्वजनिक गरिएको र प्रतियोगिताले सात वटै प्रदेशमा क्रिकेट विकासमा भूमिका खेलेको बताइएको छ।

१६ कात्तिक, बुटवल । आगामी मंसिर १ देखि हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुर रुपन्देहीका विभिन्न स्थानमा भएको छ ।

शनिवार बिहान साढे ९ बजे बुद्ध एयरको जहाजमार्फत ट्रफी भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै रुपन्देही ल्याइएको हो । काठमाडौंबाट बाकसमा ल्याइएको ट्रफी एनपीएल सदस्य टिम लुम्बिनी लायन्सका मालिक ईश्वर जीसी र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले ग्रहण गरेका थिए ।

विमानस्थलको आन्तरिक टर्मिनलमा ट्रफी ग्रहण गरेलगत्तै बाजागाजासहित स्वागत गरिएको थियो । ट्रफीको स्वागतका लागि लुम्बिनी लायन्सका सदस्य, रुपन्देही क्रिकेट संघका पदाधिकारी, क्रिकेटप्रेमी र सर्वसाधरण विमानस्थल पुगेका थिए । स्वागतका लागि नेपाल प्रहरीको ब्यान्ड पुगेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएसँगै ट्रफीलाई बुद्धजन्मस्थल लुम्बिनी हुँदै विभिन्न स्थानमा घुमाइएको छ । क्रिकेट संघ रुपन्देहीका अध्यक्ष हरि थापाका अनुसार विमानस्थलबाट ट्रफीलाई बुद्ध जन्मस्थल लुम्बिनी लगिएको र त्यहाँ ट्रफी सार्वजनिक गरेपछि फर्काएर भैरहवास्थित सिद्धार्थ रंगशालामा ल्याइएको थियो ।

त्यसपछि रुपन्देहीको बेलहिया नाका हुँदै तिलोत्तमा नगरपालिकामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला पुर्‍याइएको थियो । एक्स्ट्राटेक लुम्बिनी लायन्सको घरेलु मैदान हो । त्यसपछि पाल्पाको सिद्धबाबा धाममा ट्रफी पुर्‍याएर बुटवलको ट्राफिकचोक हुँदै तिलोत्तमाको मणिग्रामस्थित विद्यामबाटिकामा औपचारिक समरोह गरी टुरको अन्त्य गरिएको छ ।

साँझ अबेरसम्म चलेको ट्रफी टुरमा क्रिकेटका वर्तमान र पूर्व खेलाडी, क्रिकेट संघका पदाधिकारी र खेलप्रेमीको सहभागिता रहेको थियो । मणिग्राममा आयोजित टुर समापनमा एनपीएलमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको टिम गान सार्वजनिक गरिएको थियो ।

त्यस अवसरमा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा,क्रिकेटर शक्ति गौचन, लुम्बिनी लायन्सको होम बैंक पार्टनर शाइन रेसुंगा डेभलपमेन्ट बैंकका चिफ ब्राण्डिङ अफिसर प्रभास राई, लुम्बिनी लायन्सकी सिईओ भावना घिमिरे लगायतले एनपीएल प्रतियोगिताले क्रिकेट खेलाडीको वृत्ति विकास र क्रिकेट खेलको विकासलाई सात वटै प्रदेशमा समान ढंगले पुर्‍याउन भूमिका खेलेको धारणा राखेका थिए ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म हुंदैछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More