― Advertisement ―

TerraMaster F4-425 NAS 120TB भण्डारण ठाउँको मूल्य कटौती हुन्छ

तपाईंको आफ्नै केन्द्रीकृत भण्डारण निर्माण गर्नुको अर्थ NAS मा नै भाग्य खर्च गर्नु हुँदैन। हामीले टेरामास्टर NAS यन्त्रहरूको दायरा परीक्षण गरेका छौं जसले हामीलाई...
HomeLatest newsएकता रोक्न माग गर्दै माओवादी रुपान्तरणका लागि सुदनले राखे ५ प्रस्ताव

एकता रोक्न माग गर्दै माओवादी रुपान्तरणका लागि सुदनले राखे ५ प्रस्ताव



१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी रुपान्तरणका लागि पाँच प्रस्ताव अघि सारेका छन् । एकीकृत समाजवादीसँग पार्टी एकीकरणमा उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाइरहेको बेला किराँतीले पार्टी एकता रोक्नुपर्ने धारणा राखेका छन् ।

पार्टी, आन्दोलन र जेन–जी विद्रोहको भावना विपरीत एकता गर्न लागिएको किराँतीको ठहर छ । व्यक्तिको लागि एकता गर्न लागिएको उल्लेख गर्दै किराँतीले एकता अपूर्ण र अपवित्र भएको दाबी गर्दै रोक्नका लागि नेतृत्वसँग आग्रह गरेका छन् । भ्रष्टाचार सम्बन्धि मुद्दाको छानविन भइरहेको बेला पार्टी एकता तत्काल गर्न नहुने उनको तर्क छ ।

संरक्षकले आवश्यक हुँदा पार्टी विघटन गरी अधिवेशनको घोषणासम्म गर्न पाउने गरि  विधान संशोधन गरेर नयाँ संरचना निर्माण गरी अधिकार बाँडफाँड गर्नुपर्ने किराँतीको प्रस्ताव छ । पार्टी संयोजक प्रचण्डलाई  संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारीलाई निर्देशक कमिटीमा बदल्न उनको सुझाव छ ।

स्थायी समितिदेखि पुराना नेताहरुको एक केन्द्रीय राजनीतिक समिति बनाएर राष्ट्रिय महत्वको निर्णय गर्नुपर्ने उनको विचार छ । उक्त समितिलाई सांसद छनोट गर्ने लगायतको अधिकार हुने गरी विधानमा व्यवस्था गर्न किराँतीको सुझाव छ ।

किराँतीको पाँचौ प्रस्ताव छ,‘तेश्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिउँ र  त्यो तेश्रो पुस्ताले पुलको भूमिका स्वरुप पुरानोको अनुभव र नयाँ (जेन–जी) पुस्ताको उर्जालाई जोडेर पार्टीलाई गति दिउँ वा अफ्ठ्यारोमा परेको पार्टीलाई उद्वार गरौं ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More