― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsएथ्लेटिक्स खेलाडीलाई खेल सामग्री वितरण – KhabarHost

एथ्लेटिक्स खेलाडीलाई खेल सामग्री वितरण – KhabarHost


राष्ट्रिय

समाचार.

  • युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले साफ एथ्लेटिक्स च्याम्पियनसिपमा पदकसहित राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई खेल सामग्री प्रदान गर्नुभएको छ।
  • मन्त्री गुप्ताले ५००० मिटर र १०,००० मिटर दौडमा कास्य पदक विजेता सन्तोषी श्रेष्ठ र लङजम्पमा कीर्तिमान कायम गर्ने सलिम देवानलाई खेल सामग्री प्रदान गर्नुभएको छ।
  • खेल सामग्री आर्मीका पूर्णलक्ष्मी न्यौपाने, निसा कार्की, गण्डकी प्रदेशकी नारायणी भण्डारी र बागमती प्रदेशकी मिङमार सिंह तामाङलाई पनि प्रदान गरिएको छ।

२१ पुस, काठमाडौं । गत महिना भारतको राँचीमा सम्पन्न साफ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालको लागि पदकसहित राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई खेल सामग्री प्रदान गरिएको छ ।

एथ्लेटिक्स परिवार, नेपालको संयोजनमा कीर्तिमान कायम गर्ने खेलाडीसँगै उदीयमान एथ्लेटिक्स खेलाडीलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रोत्साहन स्वरुप बेलायतमा रहेको नेपाल रन युकेबाट प्राप्त खेल सामग्री प्रदान गरे।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा मन्त्री गुप्ताले ५००० मिटर र १०,००० मिटर दौडमा २ वटा कास्य पदक र नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी धादिङकी सन्तोषी श्रेष्ठ , लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने आर्मीका सलिम देवान, नेपाल प्रहरीकी सीमाकुमारी चौधरीसहित उदयीमान खेलाडीहरु आर्मीका पूर्णलक्ष्मी न्यौपाने र निसा कार्की, गण्डकी प्रदेशकी नारायणी भण्डारी र बागमती प्रदेशकी मिङमार सिंह तामाङलाई खेल सामग्री प्रदान गरिएको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More