― Advertisement ―

HomeLatest newsरोहित एक्लैले गरे १२ गोल, संघर्ष स्पोर्टस क्लब गोदावरी सेमिफाइनलमा 

रोहित एक्लैले गरे १२ गोल, संघर्ष स्पोर्टस क्लब गोदावरी सेमिफाइनलमा 


राष्ट्रिय

समाचार.

  • संघर्ष स्पोर्टस क्लब गोदावरीले कैलाली जिल्लास्तरीय बद्री कुन्ता मेमोरियल यु-१६ पुरुष फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ।
  • संघर्ष स्पोर्टस क्लबले बसर युवा क्लब चुरेलाई २६–० ले पराजित गरी सेमिफाइनल प्रवेश गरेको छ र रोहित आउजीले दुई खेलमा १७ गोल गरेका छन्।
  • प्रतियोगिता पुस २६ गतेसम्म चल्नेछ र विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

२१ पुस, धनगढी । धनगढीमा भइरहेको बद्री कुन्ता मेमोरियल यु-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा संघर्ष स्पोर्टस क्लब गोदावरीले लगातार दोश्रो जीत हात पारेको छ ।

धनगढी रंगशालामा सोमबार सम्पन्न खेलमा संघर्ष स्पोर्टस क्लब गोदावरे बसर युवा क्लब चुरेलाई २६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

लगातार दोस्रो जितपछि संघर्ष स्पोर्टस क्लब गोदावरी सेमिफाइनल प्रवेश गरेको छ ।

संघर्ष स्पोर्टस क्लब गोदावरीले पहिलो खेलमा भजनी क्बल भजनीलाई १२–१ ले पराजित गरेको थियो ।

संघर्ष स्पोर्टस क्लब गोदावरीको ऐतिहासिक जितमा रोहित आउजी एक्लैले १२ गोल गरे । उनले पहिलो खेलमा पनि ५ गोल गरेका थिए ।

आज पहिलो हाफमा ५ गोल गरेका रोहितले दोश्रो हाफमा ७ गोल थपेका थिए । उनी खेलको प्लेअर अफ दि म्याच घोषित भए ।

प्रतियोगीताका दुई खेलमा रोहितले व्यक्तिगत १७ गोल गरेका छन ।

त्यस्तै संघर्ष स्पोर्टस क्लब गोदावरीका लागि सन्दीप खत्रीले ह्याट्रिक सहित ४ गोल गरे भने प्रकाश सिंह र आकाश शाहीले समान दई गोल गरे ।

तुलनात्मक रुपमा कमजोर देखिएको बसर युवा क्लब चुरेले गोल गर्न सकेन । बसर युवा क्लब चुरले कैलाली जिल्ला फुटबल संघले आयोजना गरेको पहिलो आधिकारिक प्रतियोगीता खेलेको थियो ।

त्यस्तै गौरीगंगा स्पोटर्स क्लब पनि सेमिफाइनल प्रवेश गरिसकेको छ । पहिलो खेल बाइ पाएको गौरीगंगा ११ स्पोटर्स क्लबले दोश्रो खेलमा युथ अफ टिकापुरलाई ३–१ ले हरायो ।

प्रतियोगीताको सातौं खेलमा मंगलबार फारवेष्ट पशुपति क्लब धनगढी र बागमारा स्पोटर्स क्लब लम्कीबीच प्रतिस्पर्धा हुनेछ ।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी छन् ।

पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।

साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More