― Advertisement ―

शनिबार, अप्रिल १८ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #776)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsएक वर्षमा तीन तहका सरकारको पूँजीगत खर्च ५ खर्बमाथि

एक वर्षमा तीन तहका सरकारको पूँजीगत खर्च ५ खर्बमाथि


राष्ट्रिय

समाचार.

  • आर्थिक वर्ष २०८१/८२ मा तीन तहका सरकारले कुल ५ खर्ब १४ अर्ब ३४ करोड रुपैयाँ पूँजीगत बजेट खर्च गरेका छन्।
  • तीन तहका सरकारले कुल बजेट खर्च १८ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ बराबर भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
  • गत आव संघीय सञ्चित कोष २ खर्ब ३६ अर्ब घाटामा रहेको र आन्तरिक लेखा परीक्षणबाट १० अर्ब ९१ करोड बेरुजु देखिएको छ।

१७ पुस, काठमाडौं । एक वर्ष अवधिमा तीन तहका सरकारले ५ खर्ब रुपैयाँभन्दा धेरै पूँजीगत बजेट खर्च गरेका छन् ।

महालेखा नियन्त्रकको कार्यालयले तयार पारेको एकीकृत वित्तीय विवरण (संघ, प्रदेश र स्थानीय सरकार) आर्थिक वर्ष २०८१/८२ अनुसार गत आव तीन वटा सरकारबाट कुल ५ खर्ब १४ अर्ब ३४ करोड रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ ।

यस आवमा संघीय सरकारले २ खर्ब २३ अर्ब बराबर पूँजीगत खर्च गरेको थियो । ७ वटा प्रदेश सरकारबाट कुल १ खर्ब २० अर्ब ९८ करोड बराबर पूँजीगत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

७ सय ६१ स्थानीय सरकारले भने कुल १ खर्ब ५१ अर्ब ६५ करोड  बराबर पूँजीगत खर्च गरेका थिए । यसरी तीन तहका सरकारबाट भएको खर्चमध्ये दोहोरो खर्च घटाउँदा कुल ५ खर्ब १४ अर्ब ३४ करोड बराबर पूँजीगत बजेट खर्च तीन तहका सरकारबाट भएको देखिएको छ ।

कुल बजेट खर्च साढे १८ खर्ब

तथ्यांक अनुसार गत आव तीन तहका सरकारको कुल बजेट खर्च भने १८ खर्ब ४४ अर्ब ६२ करोड बराबर थियो । संघीय सरकारले कुल १५ खर्ब १३ अर्ब खर्च गरेको थियो । जुन चालु, पूँजीगत र वित्तीय व्यवस्था तीन वटै शीर्षकमा भएको खर्च हो ।

त्यस्तै ७ प्रदेश सरकारको कुल खर्च १ खर्ब ९८ अर्ब ८० करोड बराबर थियो । ७ सय ६१ स्थानीय सरकारले कुल ४ खर्ब ३७ अर्ब ३९ करोड बराबर खर्च गरेका छन् । यसबाट दोहोरो खर्च घटाउँदा कुल १८ खर्ब ४४ अर्ब ६२ करोड कुल खर्च देखिएको महालेखाको तथ्यांक छ ।

चालु खर्च कुन तहमा कति ?

तीन तहका सरकारले एक वर्ष अवधिमा कुल खुद चालु खर्च (दोहोरो परेको घटाएर) ९ खर्ब ९६ अर्ब २७ करोड बराबर गरेका छन् । यसमध्ये संघीय सरकारले कुल ९ खर्ब ५६ अर्ब ५८ करोड चालु खर्च गरेको छ ।

७ प्रदेशको चालु खर्च ७७ अर्ब ८१ करोड छ । स्थानीय सरकारले गरेको चालु खर्च २ खर्ब ८५ अर्ब ३६ करोड बराबर देखिन्छ । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने सबै प्रकारको अनुदान चालु शीर्षकमा पठाउने गर्छ ।

तर, उक्त बजेट तल्ला सरकारले पूँजीगत तथा वित्तीय व्यवस्थामा समेत खर्च गर्ने गर्छन् । सोहीकारण चालु शीर्षकको बजेट बढी दोहोरो पर्ने गरेको पाइएको छ ।

आव २०८१/८१ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा कुल ३ खर्ब ४८ अर्ब ९४ करोड बराबर बजेट हस्तान्तरण भएको थियो । जसमध्ये प्रदेश सरकारमा ७६ अर्ब ७५ करोड र स्थानीय तहमा २ खर्ब ७२ अर्ब ६० करोड हस्तान्तरण भएको तथ्यांक छ ।

अघिल्लो वर्षको तुलनामा सुधार

तथ्यांक अनुसार २०८०/८१ को तुलनामा तीन तहका सरकारको समग्र खर्च सामान्य सुधार भएको देखिन्छ । सोही आवमा दोहोरो परेको खर्च घटाउँदा तीन तहका सरकारको कुल खर्च १६ खर्ब ८२ अर्ब ८ करोड बराबर भएको थियो । जसमध्ये चालु खर्च ९ खर्ब ४३ अर्ब १० करोड र पूँजीगत खर्च ४ खर्ब ६६ अर्ब ३७ करोड बराबर  थियो । वित्तीय व्यवस्थातर्फको खर्च २ खर्ब ७२ करोड भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

संघीय सञ्चित कोष २ खर्ब ३६ अर्ब घाटामा

गत आव संघीय सञ्चित कोष २ खर्ब ३६ अर्बले घाटामा रहेको देखिएको छ । तथ्यांक अनुसार २०८१/८२ मा संघीय सञ्चित कोषमा कुल प्राप्ति १५ खर्ब ३८ अर्ब भएको थियो । कुल भुक्तानी १५ खर्ब १३ अर्ब २४ करोड बराबर थियो । विनिमय दर वा अन्य समायोजन ३ अर्ब १५ करोड बराबर भएको देखिएको छ ।

उता, यो आवमा प्रदेश सञ्चित कोष ३६ अर्ब ६४ करोड र स्थानीय सञ्चित कोष ५४ अर्ब ७२ करोडले नाफामा थियो । समग्रमा सञ्चित कोष घाटा १ खर्ब ८ अर्ब बराबर रहेको तथ्यांक छ ।

त्यस्तै तीन तहका सरकारको धरौटी, विविध, कार्यसञ्चालन कोष लगायत खातामा आव अन्त्यसम्म कुल २ खर्ब १३ अर्ब १२ करोड  मौज्दात छ । २०८०/८१ मा यस्तो मौज्दात १ खर्ब ७८ अर्ब ७८ करोड थियो ।

१० अर्ब ९१ करोड बेरुजु

तथ्यांक अनुसार गत आव संघ, प्रदेश र स्थानीय तहका बजेटरी निकायको आन्तरिक लेखा परीक्षणबाट १० अर्ब ९१ करोड बराबर बेरुजु देखिएको छ । २०८०/८१ को तुलनामा बेरुजु कम देखिएको छ । त्यसबेला १६ अर्ब १६ करोड बराबर बेरुजु थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More