― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsउपेन्द्र यादव – KhabarHost

उपेन्द्र यादव – KhabarHost


राष्ट्रिय

समाचार.

  • जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय व्यवस्थाले राजनीतिक स्थिरता दिन नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक भएको बताए।
  • उपाध्यक्ष यादवले पछिल्लो १० वर्षमा १४ पटक सरकार परिवर्तन भएको र संसदीय प्रणालीले मुलुकको विकास अवरुद्ध गरेको उल्लेख गरे।
  • उनले महँगो निर्वाचन प्रणाली भ्रष्टाचारको मुख्य जड भएको र खर्च नपर्ने नयाँ प्रणाली बनाउनुपर्ने सुझाव दिए।

१२ पुस, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय व्यवस्थाले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने दाबी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।

जसपाले शनिबार आयोजना गरेको जनसभालालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणाली नै मुलुकको विकासको मुख्य बाधक रहेको बताए ।

अध्यक्ष यादवले पछिल्लो १० वर्षमा १४ पटक सरकार परिवर्तन भएको बताउँदै संसदीय प्रणालीकै कारण देशले विकासको गति लिन नसकेको धारण राखे ।

‘यो संसदीय प्रणाली नेपालका लागि उपयुक्त छैन, यसले केवल अस्थिरता मात्रै निम्त्यायो,’ उनले भने, ‘सरकार बदलिइरहने खेलले मुलुकको समृद्धि अवरुद्ध भयो । अब जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले शासन चलाउने व्यवस्था आवश्यक छ ।’

उनले राष्ट्रपतिले विज्ञहरूको टोली बनाएर सरकार चलाउनुपर्ने र संसदलाई केवल कानुन निर्माण तथा बजेट तर्जुमा गर्ने थलोको रूपमा मात्र सीमित राख्ने गरी संविधान संशोधन गर्नुपर्ने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले मात्र सरकारलाई जनताप्रति उत्तरदायी बनाउने उनको तर्क थियो ।

शासकीय स्वरूप र निर्वाचन प्रणालीमा  परिवर्तन नगरेसम्म केवल आवधिक निर्वाचनले मात्र जनताका समस्या समाधान नगर्ने उनको तर्क थियो ।

‘शासकीय स्वरूप नबदलिएसम्म केबल संसदीय निर्वाचनले मात्रै सबै समस्याको हल गर्ला भन्न सकिन्न,’ उनले भने, ‘संसारकै गरिब मुलुकमा संसारकै महँगो निर्वाचन प्रणाली छ, अहिलेको खर्चिलो प्रणालीले इमानदार र सामान्य व्यक्तिलाई राजनीतिबाट बाहिर धकेलेको छ । अहिलेको खिचडी निर्वाचन प्रणाली हटाएर पार्टी र उम्मेदवारले  खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउनुपर्छ ।’

वर्तमान निर्वाचन प्रणाली अत्यन्त महँगो र खर्चिलो भएको बताउँदै यादवले यसलाई भ्रष्टाचारको मुख्य जड भएको बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More