― Advertisement ―

तपाईं बजारको उत्कृष्ट टिभीमा विश्व कप हेर्न योग्य हुनुहुन्छ — LG को पुरस्कार-विजेता C5 OLED टिभीमा $१,४०० बचत गर्नुहोस्।

विश्वकप आउन केही महिना मात्र बाँकी छ, र यदि तपाईं यस वर्षका खेलहरू घरमै हेरिरहनुभएको छ भने, तपाईंले आफ्नो टिभी स्तरवृद्धि गर्ने बारे सोच्न...
HomeLatest newsउज्यालोले टुंग्यायो सप्तरीका ४ वटै क्षेत्रमा उम्मेदवार

उज्यालोले टुंग्यायो सप्तरीका ४ वटै क्षेत्रमा उम्मेदवार


राष्ट्रिय

समाचार.

  • कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालले सप्तरीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ।
  • पार्टीले क्षेत्र नम्बर १ मा हर्खनारायण चौधरी, २ मा डा. दीपक चौधरी, ३ मा परमेश्वरलाल साह र ४ मा बिसोकुमार यादवलाई टिकट दिएको छ।
  • उज्यालो पार्टीका सप्तरी जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवले सबै उम्मेदवारले टिकट प्राप्त गरिसकेको र मंगलबार उम्मेदवारी दर्ता गरिने जानकारी दिए।

५ माघ, सप्तरी । कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालले सप्तरीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।

पार्टीले जिल्लाको क्षेत्र नम्बर १ मा हर्खनारायण चौधरी, क्षेत्र नम्बर २ मा डा. दीपक चौधरी, क्षेत्र नम्बर ३ परमेश्वरलाल साह र क्षेत्र नम्बर ४ मा बिसोकुमार यादवलाई टिकट दिएको छ ।

उज्यालो पार्टीका सप्तरी जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवले सबै उम्मेदवारले टिकट प्राप्त गरिसकेको भन्दै मंगलबार उम्मेदवारी दर्ता गरिने जानकारी दिए ।

हर्खनारायण कञ्चनरुप नगरपालिका, डा. दीपक राजविराज नगरपालिका–१३ बिषहरिया, परमेश्वरलाल बिष्णुपुर गाउँपालिका ७ र बिसो बोदेबर्साइन नगरपालिका १ का बासिन्दा हुन् ।





Read More