― Advertisement ―

तपाईं बजारको उत्कृष्ट टिभीमा विश्व कप हेर्न योग्य हुनुहुन्छ — LG को पुरस्कार-विजेता C5 OLED टिभीमा $१,४०० बचत गर्नुहोस्।

विश्वकप आउन केही महिना मात्र बाँकी छ, र यदि तपाईं यस वर्षका खेलहरू घरमै हेरिरहनुभएको छ भने, तपाईंले आफ्नो टिभी स्तरवृद्धि गर्ने बारे सोच्न...
HomeLatest newsओली र बालेनसँग राप्रपाका लक्ष्मीप्रसाद भिड्ने – KhabarHost

ओली र बालेनसँग राप्रपाका लक्ष्मीप्रसाद भिड्ने – KhabarHost



५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भोलि झापा–३ बाट उम्मेदवारी दिनेछन् । उम्मेदवारी दर्ता गराउन उनी झापा पुगिसकेका छन् । यो क्षेत्रबाट लिङ्देनले लगातार दुईपटक जितिसकेका छन् ।

जितमा ह्याट्रिक निकाल्ने लक्ष्य बोकेर चुनावी मैदानमा उत्रिएका लिङ्देनले झापाका बाँकी ४ वटै क्षेत्रका उम्मेदवार टुंगो लगाएका छन् । यसअघि एमालेसँग गठबन्धन गर्दा लिङदेनले एमालेलाई बाँकी क्षेत्र छोड्ने गरेका थिए ।

तर यसपटक कसैसँग तालमेल नगर्ने लिङदेनले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।

झापा पुगेर लिङदेनले लेखेका छन्–

‘राप्रपाको तालमेल:

शान्ति र सुशासनको पक्षधर

नेपालको निर्णायकत्व नेपाली जनताको हातमा रहनुपर्छ भन्ने

प्रदेश खारेजी, राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना

देशभित्रै रोजगारी सिर्जना चाहने

आम जनतासँग ।’

राप्रपा प्रवक्ता मोहन श्रेष्ठ यसपटक कुनै पार्टीसँग तालमेल हुने सन्देश दिनलाई नै अध्यक्ष लिङदेनले यस्तो स्टाटस लेखेको बताउँछन् । ‘हाम्रो तालमेल यसपटक नेपाली जनतासँग हुन्छ । अध्यक्षको कुरा त्यही हो,’ उनी भन्छन् ।

चुनावी तालमेल नगर्ने निष्कर्षकै साथ झापा–२ मा स्वागत नेपाललाई टिकट दिइएको पनि उनी बताउँछन् । अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवार बनेका स्वागत नेपालले झिनो अन्तरले पराजित भएका थिए । यसपटक राप्रपा प्रवेश गरेर टिकट लिएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने झापा–५ मा पनि राप्रपाको उम्मेदवार टुंगिएको छ । ओलीसँग प्रतिस्पर्धा गर्नेगरी राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौलाले उम्मेदवारी दर्ता गराउँदैछन् । संग्रौला मार्वल व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुन् ।

झापा–५ मा रास्ववाबाट बालेन्द्र शाहले उम्मेदवारी दिदैछन् । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर ओलीलाई हराउने घोषणा सहित बालेन झापा जाँदैछन् ।

राप्रपाले बाँकी दुई क्षेत्रबाट पनि हेभिवेट नेतालाई नै उम्मेदवार बनाउँदैछन् । झापा–१ बाट प्रा.डा. हेमराज कार्की र झापा–४ बाट भक्ति सिटौलाले चुनाव लड्ने भएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More