― Advertisement ―

‘उत्पादन र रचनात्मकता अलग साइलोमा बस्नु हुँदैन’: किन क्यानभाको एआई पुश यसको लोकतान्त्रिक डिजाइनको मूल सिद्धान्तहरू भन्दा फरक छैन

दशकौंदेखि, काम र रचनात्मकतालाई अलग-अलग मापन गरिएको छ। उत्पादकता उपकरणहरू जस्तै स्प्रेडसिट र कागजातहरू दक्षताका लागि बनाइएका थिए, जबकि रचनात्मकता अन्य ठाउँमा विशेषज्ञ...
HomeLatest newsउज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट श्रेष्ठले दिइन् राजीनामा

उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट श्रेष्ठले दिइन् राजीनामा


राष्ट्रिय

समाचार.

  • उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले हेटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिइ संरचना भत्काएपछि राजीनामा दिएकी छन्।
  • विद्या श्रेष्ठले सामाजिक सञ्जालमा ‘आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु’ लेख्दै पार्टी छाडेकी छन्।
  • उनले नैतिकताका कारण राजीनामा दिएको र हेटौंडा पीडितको साथमा रहने बताएकी छन्।

२० मंसिर, काठमाडौं। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन् ।

सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजली काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि आक्रोसित भएका उनले सामाजिक सञ्जालबाटै राजीनामा दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘ आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु

उनले उक्त पार्टीमा बसिरहन नैतिकताले नदिएको भन्‍दै हेटौंडा पीडितको साथमा रहनेसमेत बताएकी छिन् । अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन। म हेटौंडा पीडितको साथमा छु उनले लेखेकी छिन् ।

यस्तै उनले अर्को स्टाटसमा आफूभित्र नैतिकता भएकैले राजीनामा दिएको भन्दै बुझ्न आग्रह गरेकी छिन् । उनले भनेकी छिन् नैतिकता छ म मा। त्यसैले रानीनामा हो। बुझ्न अनुरोध गरें। हस्। मरेका मान्छेहरू बोल्दैनन्। म जिउँदो छु।बस्





Read More