― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
HomeLatest newsउज्ज्वल सागरले लाइभ प्रस्तुतिसहित ‘मधुर झंकार’ म्युजिक भिडियो रिलिज गर्ने

उज्ज्वल सागरले लाइभ प्रस्तुतिसहित ‘मधुर झंकार’ म्युजिक भिडियो रिलिज गर्ने


राष्ट्रिय

समाचार.

  • संगीतकार उज्ज्वल सागरले आफ्नो गीत ‘मधुर झंकार’ को म्युजिक भिडियो ३० डिसेम्बरमा ललितपुरको झम्सिखेलस्थित मोक्षमा प्रिमियर गर्नेछन्।
  • सागरले सोही ठाउँमा १९ अप्रिलमा पहिलो लाइभ प्रस्तुति दिएका थिए भने डिसेम्बर ३० मा ब्यान्डसहित दोस्रो प्रस्तुति दिनेछन्।
  • कार्यक्रममा नरेन मोक्तान, रिदम बोगटी, जेम्स लामा दोङ, आयुष धिताल, अर्पण राई र देव जोशीले साथ दिनेछन् र टिकट मूल्य १ हजार रुपैयाँ रहेको छ।

काठमाडौं । संगीतकार उज्ज्वल सागरले आफ्नो गीत ‘मधुर झंकार’ को म्युजिक भिडियो डिसेम्बर ३० मा ललितपुरको झम्सिखेलस्थित मोक्ष मा प्रिमियर गर्ने भएका छन् । सो अवसरमा ब्यान्डसहित लाइभ प्रस्तुति पनि दिनेछन् ।

मोक्षमा उनको यो दोस्रो प्रस्तुति हुनेछ । यसअघि उनले १९ अप्रिलमा सोही ठाउँमा पहिलो लाइभ प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सागरलाई नरेन मोक्तान (गितार), रिदम बोगटी (ड्रम्स), जेम्स लामा दोङ (बेस), आयुष धिताल (तबला), अर्पण राई (किबोर्ड) ले साथ दिनेछन् भने देव जोशीले साउन्ड इन्जिनियरको जिम्मेवारी सम्हाल्नेछन् ।

कार्यक्रमबारे जानकारी दिँदै ब्यान्ड म्यानेजर सरोजकुमार खड्काले भने, “यो कार्यक्रम रमाइलो र उच्च ऊर्जा भएको हुनेछ । उत्कृष्ट संगीत र साानदार माहोल रहनेछ, दर्शकले हरेक क्षण मन पराउनेछन् ।’

कार्यक्रमको टिकट मूल्य १ हजार रुपैयाँ छ भने रहेको छ र टिकट ‘सञ्जाल’ वेबसाइटमार्फत उपलब्ध छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More