― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsदलका दुई मुख्य प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने – KhabarHost

दलका दुई मुख्य प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने – KhabarHost


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ।
  • आचारसंहितामा राजनीतिक दलले प्रचारमा हेलिकप्टर प्रयोग गर्न आयोगमा दुई मुख्य प्रचारकको नाम बुझाउनुपर्ने उल्लेख छ।
  • एक उम्मेदवारले प्रचारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने र विदेशी नम्बरप्लेटको सवारी प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।

१३ पुस, काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ । शनिबार बसेको आयोगको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।

आचारसंहितामा राजनीतिक दलले चुनावमा कस्ता सवारी, कति प्रयोग गर्न पाउने भन्ने पनि उल्लेख छ । यसअनुसार हेलिकप्टर प्रयोग गरेर प्रचारमा जानुपर्ने अवस्था छ भने राजनीतिक दलले आयोगमा पहिल्यै विवरण बुझाउनुपर्ने उल्लेख छ ।

‘राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने’ आचारसंहितामा भनिएको छ ।

त्यस्तै हेलिकप्टर प्रयोग गर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको स्ख्याका आधारमा दलले गर्न पाउने खर्चको सीमाभित्रै रहेर गर्नुपर्ने पनि उल्लेख छ ।

आचारसंहितामा एक उम्मेदवारले प्रचारप्रचारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।

‘निर्वाचन अधिकृतको अनुमति लिई उमेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उमेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने,’ आचारसंहितामा उल्लेख छ ।

त्यस्तै दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बरप्लेटको सवारी प्रयोग गर्न नपाउने पनि आचारसंहितामा भनिएको छ । आचारसंहितामा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न पनि नपाइने उल्लेख छ ।





Read More