― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsइस्ट बंगाल र एपीएफ अन्तिम खेलअघि नै फाइनलमा – KhabarHost

इस्ट बंगाल र एपीएफ अन्तिम खेलअघि नै फाइनलमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालको एपीएफ क्लब र भारतको इस्ट बंगाल साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।
  • इस्ट बंगालले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ७-० ले पराजित गरेको छ।
  • एपीएफले पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले पराजित गरेको छ र फाइनल खेल आगामी शनिवार हुनेछ।

२८ मंसिर, काठमाडौं । नेपालको लिग च्याम्पियन एपीएफ क्लब र भारतको इस्ट बंगाल काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल प्रवेश गरेका छन् ।

च्याम्पियनसिपअन्तर्गत आइतबारको दोस्रो खेलमा भारतको इस्ट बंगालले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ७-० को फराकिलो अन्तरले पराजित गरेपछि यी दुई टोली लिगको अन्तिम खेलमा खेल्नुअघि नै फाइनल पुगेका हुन् ।

दशरथ रंगशालमा भएको खेलमा इस्ट बंगालको जितमा फजिला इकापुट एक्लैले ५ गोल गरिन् ।

एपीएफले आइतबारै भएको पहिलो खेलमा रश्मि कुमारी घिसिङको एक मात्र गोलमा पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले पराजित गरेको थियो ।

इस्ट बंगालको फराकिलो जितपछि नेपालको एपीएफ र इस्ट बंगाल लिगको अन्तिम खेलअघि नै फाइनल पुगेका छन् । यी दुईबीच बुधबार लिगको अन्तिम खेल हुनेछ भने आउने शनिवार इस्ट बंगाल र एपीएफ नै उपाधिका लागि भिड्नेछन् ।

लगातार तीन खेल जितेको इस्ट बंगाल ९ अंकसहित शीर्ष स्थानमा छ । दुई जित र एक बराबरीबाट ७ अंकसहित एपीएफ दोस्रो स्थानमा छ ।

सिंगल राउण्ड रोविनका आधारमा भइरहेको च्याम्पियनसिपमा लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल पुग्नेछन् ।

नसरिन स्पोर्ट्स एकेडेमी, पाकिस्तानको कराची सिटी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी भने फाइनल होडबाट बाहिरिएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More