― Advertisement ―

टेक ग्याजेटहरू फादर्स डे २०२६ को लागि समयमै आइपुग्ने ग्यारेन्टी

फादर्स डे को अर्को कुनै डरलाग्दो अर्थ छैन। यसमा मजाक गर्नुहोस् वा अफ्टरसेभ वा ह्विस्कीको अर्को बोतल।यदि तपाईंको जीवनमा बुबाले ग्याजेटहरू, टेक्नोलोजीसँग टिंकर...
HomeLatest newsकेशव बडालले भने- पार्टीभित्रको विसंगतीविरुद्ध कारबाही गर्न सकिनँ, क्षमाप्राथी छु

केशव बडालले भने- पार्टीभित्रको विसंगतीविरुद्ध कारबाही गर्न सकिनँ, क्षमाप्राथी छु



२८ मंसिर, काठमाडौ । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्र देखिएको विसंगतिविरुद्ध कारबाही गर्न नसकिएको स्वीकारेका छन् ।

महाधिवेशनको बन्दसत्र हलमा विशेष समय लिएर बोलेका बडालले पार्टीभित्र बिसंगति बढेपनि कार्बाही गर्न नसकिएको बताएका हुन् ।

पार्टीभित्र अनियमितता बढिरहेको छ, वर्गका लागि काम गर्न नस्कने अवस्था आएको छ,’ बडालले भनेका थिए, ‘तर यौन हिंसाको कारबाही गर्न नसकिएको अवस्था छ ।’

यौनहिंसा जस्तो अपराधमा समेत पार्टीभित्र कारबाही गर्न नसकिने अवस्थाप्रति बडालले क्षमा मागेका छन् । ‘अनुशासन आयोगका अध्यक्षका हैसियतले मैले पार्टीभित्र बढेको विसंगतिविरुद्ध कारबाही गर्न नसकेकोमा क्षमाप्राथी छु,’ बडालले भनेका छन् ।

५५ वर्षको सक्रिय राजनीतिबाट बिदा लिन मञ्चको प्रयोग गरेका बडालले नयाँ पुस्ताप्रति आशा समेत गरे ।

‘एमालेलाई समर्थन गरेपनि अब सक्रिय राजनीतिमा रहन्नँ, पदमा रहन्नँ,’ बडालले भने, ‘मैले गर्न नसकेको काम नयाँ पुस्ताले गरोस्, पार्टीभित्रको विसंगतिविरुद्ध कारबाही चलायोस् ।’





Read More