― Advertisement ―

किन साना व्यवसायहरूले साइबरसुरक्षालाई विचारको रूपमा व्यवहार गर्न खर्च गर्न सक्दैनन्

बढ्दो सानो व्यवसायको लागि, साइबरसुरक्षा प्रायः ती समस्याहरू मध्ये एक जस्तो महसुस हुन सक्छ जुन समर्पित सुरक्षा टोलीहरू भएका ठूला कम्पनीहरूसँग सम्बन्धित छ।तर साइबर...
Homeराष्ट्रिय समाचारआफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा

आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा



१५ कात्तिक, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्र्मा आफ्नो कुरा राखेर पार्टीको सचिवालयबाट बाहिरिएका छन् ।

उनले माओवाद छाडेर अन्य पार्टीसँग एकता गर्न नहुने र एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि स्थगित गर्नुपर्ने मत राखेका छन् । आफ्ना कुरा राखेपछि उनी सचिवालय बैठकबाट बाहिरिएका हुन् ।

पार्टीको सचिवालय बैठक भने मुख्यालय पेरिसडाँडामा चलिरहेको छ । छलफलमा प्रचण्ड सहितका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।

एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको प्रचण्डको ब्रिफिङ छ । उनका अनुसार संगठनात्मक विषय नेतृत्व तहमा करिब–करिब टुंगिएता पनि छलफल चलिरहेको छ ।

कसरी दुवै संगठनालाई एकताबद्ध गराएर जाने भन्ने विषयमा छलफल गर्न राखिएको सचिवालय बैठकमा नेता जनार्दन शर्माले भने एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेका हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More